Saturday, 15th August, 2026
वि.स.

व्यवसायीहरुलाई थाहानगर उद्योग वाणिज्य संघकाे ६ बुँदे सूचना, सूचनामा के छ ?

FB_IMG_1697073290474-1697074140.jpg

थाहा नगरपालिकामा क्रियाशील थाहानगर उद्योग वाणिज्य संघले 'उद्योगी / व्यवसायीहरूको लागि जरूरी सूचना' भन्दै ६ वटा बुँदामा सूचना जारी गरेकाे छ । मूल्यसूचि, सही नापताैल, गुणस्तरीय सामान, पैदलयात्रीकाे सहजता, व्यवसाय दर्ता, बिलविजक आदिका बारेमा सूचना जारी गरिएकाे छ ।
सूचनामा भनिएकाे छ :

  • उद्योग व्यवसायीहरुले बिक्री वितरणका लागि राख्ने सामानहरुको ऐनअनुसार मुल्यसूचि राख्नुपर्ने व्यवस्था रहेकोले मुल्यसूचि राख्नुहुन अनुरोध गरिन्छ ।
  • सामानहरुको कृतिम अभाव हुन नदिई लेवल लागेका, म्याद ननाघेका, सहि नापतौल भएका र गुणस्तरीय सामानहरुको मात्र सुपथ मूल्यमा बिक्री वितरण गर्नुहुन सम्पूर्ण व्यवसायीहरुमाहार्दिक अनुरोध गरिन्छ ।
  • व्यवसाय स्थलको पूर्ण सरसफाई कायम गर्न र फुटपाथमा सामान नराखी आवतजावत गर्ने पैदल यात्रुहरुलाई सहज गरिदिन अनुरोध गर्दछौं ।
  • सम्बन्धित निकायहरुले बजार अनुगमन गर्ने क्रममा उपर्युक्त बमोजिम नभएको पाइएमा सामान जफत गरी कानून बमोजिम कारवाही गर्नसक्ने व्यहोरा जानकारी गराईन्छ ।
  • व्यवसाय स्थलमा करपाठी, पालिका तथा पान दर्ता, घरेलु वा वाणिज्य दर्ता प्रमाणपत्र देखिने गरी राख्ने, खरिद बिल तथा खरिद खाता, बिक्री बिल तथा बिक्री खाता दुरुस्त राख्ने, बिलबिजक नियमित जारी गर्ने, बिग्रिएको, म्याद गुज्रिएको सामानलाई अलग्गै र बिग्रिएको भनि संकेत राख्ने गर्नुहुन र हरेक वर्ष श्रावणबाट १ नं. देखि क्रमश: बिलबिजक जारी गर्नुहुन सूचित गरिन्छ ।
  • सम्बन्धित निकायहरुमा अनिवार्य दर्ता गरेर मात्र व्यवसाय गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।


https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif