nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

टिस्टुङको नौखण्डेमा आँखा शिविर हुने

aaka-sibir-1696061136.jpg

थाहा नगरपालिकाको वडा नं. ११ नौखण्डेमा आँखा शिविर हुने भएको छ । थाहा नगरपालिका,  हेटौँडा सामुदायिक आँखा अस्पताल र तिलगंगा सामाुदायिक आँखा केन्द्र, पालुङको आयोजनामा आगामी २३ असोजमा शिविर हुन लागेको हो ।

टिस्टुङ स्वास्थ्य चौकी नौखण्डेमा हुने आँखा शिविरबाट मोतिविन्दुका विरामीहरु फेला परेमा उनीहरुलाई तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङमा निःशुल्क शल्यक्रियाको व्यवस्था हुने आयोजकले जनाएको छ । 

प्रकाशित सूचना अनुसार शिविरसम्बन्धी कुनै जिज्ञाशा भएमा ९८४५७८२३०३ र ९८५४१३०९६६ मा सम्पर्क गर्न भनिएको छ ।