Tuesday, 11th August, 2026
वि.स.

विभिन्न जिल्लाका ६ विद्यालय र स्थानीय तहमा शिक्षक तथा कर्मचारीको आवेदन खुल्यो (विवरणसहित)

770738156_995589366769570-1786360358.jpg

देशका विभिन्न जिल्लास्थित सामुदायिक विद्यालय तथा स्थानीय तहहरूले शिक्षक एवं विद्यालय कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेका छन्। प्रावि, निमावि तथा माध्यमिक तहका शिक्षक र कार्यालय सहायक/लेखापाल पदका लागि यी सूचनाहरू प्रकाशित भएका हुन्। ​प्राप्त विवरणअनुसार विज्ञापनसम्बन्धी जानकारी :

​१. श्री त्रिभुवन माध्यमिक विद्यालय, खलङ्गा, जाजरकोट (दोस्रो पटक प्रकाशित) 

• ​पद/विषय: शिक्षक (मावि तह, कक्षा ११/१२ - लेखा विषय)

• ​माग सङ्ख्या: १ जना (खुल्ला, करार)

• योग्यता: व्यवस्थापन सङ्कायमा स्नातकोत्तर (MBS) वा सो सरह उत्तीर्ण

• दरखास्त दिने अन्तिम मिति: २०८३ श्रावण २८ गते अपरान्ह ४:०० बजेसम्म

• आवेदन दस्तुर: रु. ३,०००/-

• ​सम्पर्क: ९७४६५४५८४७ (पार्वती थापा, प्र.अ.), ९८४४८६९८६७ (सूर्य खत्री  (वि.सहायक )

​२. त्रिपुरासुन्दरी गाउँपालिका, पिस्कर, सिन्धुपाल्चोक (दोस्रो पटक प्रकाशित)

• पद: प्राथमिक शिक्षक (अस्थायी करार)

• माग सङ्ख्या: १ जना

•  योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट आई.एड. वा सो सरह उत्तीर्ण र स्थायी अध्यापन अनुमति पत्र प्राप्त

• दरखास्त दिने अन्तिम मिति: २०८३ श्रावण २८ गतेसम्म

• ​आवेदन दस्तुर: रु. १,०००/-

• ​सम्पर्क: ९८६९६६७५६० / ९८६०४४११९१

​३. श्री पञ्चकन्या आधारभूत विद्यालय, मण्डनदेउपुर-११, काभ्रेपलाञ्चोक

• पद/विषय: सङ्घीय अनुदान शिक्षक करार (निमावि तृतीया - गणित)

• ​माग सङ्ख्या: १ जना

• ​योग्यता: मूल विषय गणित लिई +२ वा सो सरह उत्तीर्ण र अध्यापन अनुमति पत्र प्राप्त

• ​दरखास्त दिने अन्तिम मिति: २०८३ श्रावण २८ गतेसम्म

• ​आवेदन दस्तुर: रु. १,२००/-

• ​सम्पर्क: ९८४१०३३७२४

४. श्री रुप्टुङदेवी आधारभूत विद्यालय, रुबीभ्याली-५, धादिङ (पुन: विज्ञापन)

• ​पद: प्रा.शि. (तृतीया श्रेणी - करार)

• ​माग सङ्ख्या: १ जना

• योग्यता: शिक्षाशास्त्र सङ्कायमा +२ वा सो सरह उत्तीर्ण र प्रा.वि. तहको स्थायी अध्यापन अनुमति पत्र प्राप्त

• ​दरखास्त दिने अन्तिम मिति: २०८३ श्रावण २८ गते विद्यालय समयभित्र

• ​आवेदन दस्तुर: रु. १,०००/-

• ​सम्पर्क: ९८४१०६५४७३ (प्र.अ.), ९८६७८८१२३० (वि.व्य.स. अध्यक्ष)

​५. श्री जनप्रभात माध्यमिक विद्यालय, तामाकोशी-२, झुले, दोलखा

• पद: विद्यालय सहायक कर्मचारी (मावि - करार)

•  ​माग सङ्ख्या: १ जना

• ​योग्यता: सम्बन्धित विषयमा कक्षा १२ वा सो सरह उत्तीर्ण (लेखा तथा कम्प्युटर क्षमता भएकालाई विशेष प्राथमिकता)

• ​दरखास्त दिने अन्तिम मिति: २०८३ श्रावण ३१ गते विद्यालय समयभित्र

• ​परीक्षा दस्तुर: रु. ७००/-

• ​सम्पर्क: ९८४१०९०२७१, ९८६३६३७६७२ ​

६. श्री बाणगङ्गा माध्यमिक विद्यालय, गजेहडा, कपिलवस्तु

पद: कार्यालय सहायक (लेखापाल - करार)

• ​माग सङ्ख्या: १ जना

• ​योग्यता: लेखा विषय वा व्यवस्थापन विषयमा प्रमाण पत्र तह/कक्षा १२ उत्तीर्ण र कम्प्युटर ज्ञान भएको

• ​दरखास्त दिने अन्तिम मिति: २०८३ भदौ ०४ गते कार्यालय समयभित्र

• ​आवेदन दस्तुर: रु. १,०००/-

• ​सम्पर्क: ९८५७०५२५७१ / ०७६-५५००९८



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif