nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा महोत्सवका लागि भारी सङ्ख्यामा कर्मचारी माग

karmachari-1699177166.jpg

थाहानगर उद्योग वाणिज्य संघले आगामी १४ मंसिरदेखि २५ मंसिरसम्म सञ्चालन हुने चौंथो थाहा महोत्सवका लागि भारी सङ्ख्यामा कर्मचारी भर्ना गर्ने भएको छ । 

१९ कात्तिकमा एक विज्ञापन प्रकाशन गर्दै संघले महोत्सवका लागि ‘भारी सङ्ख्यामा कर्मचारी आवश्यक भएको’ भन्दै इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो । कम्तिमा १२ कक्षा उत्तीर्ण गरेका १८ वर्षमाथिका इच्छुक व्यक्तिहरुले आगामी ५ मंसिरसम्म दरखास्त दिन सकिने सूचनामा जनाइएको छ ।

आयोजकले अन्तरवार्ता विधिबाट कर्मचारी छनोट गर्ने र अन्तरवार्ताको मिति ६ मंसिरमा तोकिने सूचनामा उल्लेख छ । दरखास्तको साथ शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति र पासपोर्ट साइजको फोटो २ प्रति संलग्न गर्नुपर्नेछ । दरखास्त दिन चौंथो थाहा महोत्सवको सचिवालय, शिखरकोटमा पुग्नुपर्नेछ ।

तलब स्केल समझदारीमा कायम गरिने सूचनामा जनाइएको छ ।  



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)