Friday, 28th August, 2026
वि.स.

वैशाखमा चुनाव हुँदैन : भट्टराई

baburam-1608540986.jpg

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन्।

साेमबार सामाजिक सञ्जालमार्फत वैशाखमा चुनाव नहुने र देश अप्ठ्यारोमा फसेको बताएका हुन्। उनले भनेका छन्, ‘वैशाखमा चुनाव हुनेवाला छैन। देश अध्यारो सुरूंगमा फसिस्क्यो।’

उनले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय उल्टाउनेमा पनि शंका जनाएका छन्। डा. भट्टराईले भनेका छन्, ‘संवैधानिकरकानूनी उपचारको झिनो आशा होला, तर भर गर्न सकिन्न।’ डा. भट्टराईले यसका लागि सशक्त जनप्रतिरोध गर्नुपर्ने बताएका छन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०