Monday, 24th August, 2026
वि.स.

विहारमा एकको मृत्यु, सीमानाका बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

corona-1584870732.jpg

नेपालसँग सीमानाका जोडिएको भारतको विहार राज्यमा पनि कोरोना भाइरसको संक्रमणबाट एकजनाको ज्यान गएको छ ।

विहारको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट पटनामा आएका दुई जना बिरामीमा कोरोना पुष्टि भएको र एक जनाको ९ चैतमा मृत्यु भएको जनाएको छ ।

विहारमा अहिलेसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेको थिएन। त्यसैले विहारसँग जोडिएको नेपालसँगको नाका खुल्ला थियो। बङ्गलामा कोरोना सङ्क्रमणका बिरामी देखा परेसँगै बङ्गाल सरकारले काँकडभिट्टा बाहेक सबै नाका बन्द गरिसकेको छ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ।  कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टीम’ले गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा तत्काल बन्द गर्न सुझाएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

corona-1584870734.jpg