Saturday, 29th August, 2026
वि.स.

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा समिति गठन

p-1614670624.jpg

सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेको छ।गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गठन गरिएको हो।

सरकारका प्रवक्ता पार्वत गुरूङले वार्ता टोली गठन गरेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिए।विप्लव समूहले पनि छिटै वार्ता टोली गठन गर्ने र सरकारसँग वार्ता हुने अपेक्षा उनको छ।तर सरकारले विप्लव समूहलाई प्रतिवन्ध भने हटाएको छैन।

‘उहाँहरूलाई लागेका मुद्दाहरूलगायत के गर्ने वार्ताबाटै समस्या समाधान हुन्छ,’ उनले भने, ‘वार्ताबाटै सबै समस्या हल हुन्छ।’उनले छिटै वार्ता हुने विश्वास पनि व्यक्त गरेका छन्। नेपाललाई शान्त बनाउने र सशस्त्र समूह सबैलाई शान्ति प्रक्रियामा ल्याउने सरकारको तयारी रहेको उनको भनाइ छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०