Monday, 31st August, 2026
वि.स.

विप्लवका युवा जिल्ला संयोजक सहित २ जना नेकपामा प्रेवेश

Biplab-1571629654.jpg

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको मकवानपुर युवा संयोजक सहित दुईजना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । 

मकवानपुरको हेटौँडामा भएको कार्यक्रमबिच विप्लव नेतृत्वका मकवानपुर युवा संयोजक सम्शेर घिसिङ र विप्लवका अर्का युवा नेता केशव सुनार ३ कार्तिकमा नेकपामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल तथा जिल्ला कार्यालय तथा सचिवालय सदस्यहरुले अविर तथा खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । विप्लव नेतृत्वले शान्तिपूर्ण बाटो अवलम्बन गर्न नसकेको भन्दै पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् । उनीहरुले आफुहरु अब नेकपाको कार्यकर्ता भएर राजनीति गर्ने समेत बताएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०