Tuesday, 18th August, 2026
वि.स.

विनयबाबु स्मृति भलिवलकाे सेमिफाइनल र फाइनल खेल साेमबार

khel-b-1699799050-1699805747.jpg

थाहा नगरपालकाकाे वडा नम्बर २ फाँटबजारमा जारी विनयबाबु स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताकाे सेमिफाइनल र फाइनल खेल २७ कात्तिक साेमबार हुने भएकाे छ 

२६ कात्तिककाे क्वाटर फाइनल खेलबाट आयाेजक विनय बाबू स्मृति प्रतिष्ठान, छहारी युवा क्कव र किङ ब्रदर्स सोल्टु सेमिफाइनल प्रवेश गरेका छन् ।

क्वाटरफाइनल खेलमा आयोजक विनय बाबु स्मृति प्रतिष्ठानले साविक बिजेता आमभन्ज्याङ युवा क्लवलाई हराएकाे हाे । त्यसैगरी छहारीले चित्लाङ राइजिङ स्टारलाई र सोल्टुले आयोजक 'बि'लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

अन्तिम क्वाटरफाइनल खेल साेमबार बिहान मंगलेश्वर भाङ्खोरिया र बागेश्वरी युवा क्कव डाडागाउँबीच हुने प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए ।

फाइनल खेल साेमबार २ बजे हुने भएकाेले उक्त अवसरमा उपस्थितिकाे लागि अध्यक्ष कार्कीले अनुरोध गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif