thahatimes-ad-thekka-1731652826.jpg
Tuesday, 21st January, 2025
वि.स.

विनयबाबु स्मृति भलिवलकाे सेमिफाइनल र फाइनल खेल साेमबार

khel-b-1699799050-1699805747.jpg

थाहा नगरपालकाकाे वडा नम्बर २ फाँटबजारमा जारी विनयबाबु स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताकाे सेमिफाइनल र फाइनल खेल २७ कात्तिक साेमबार हुने भएकाे छ 

२६ कात्तिककाे क्वाटर फाइनल खेलबाट आयाेजक विनय बाबू स्मृति प्रतिष्ठान, छहारी युवा क्कव र किङ ब्रदर्स सोल्टु सेमिफाइनल प्रवेश गरेका छन् ।

क्वाटरफाइनल खेलमा आयोजक विनय बाबु स्मृति प्रतिष्ठानले साविक बिजेता आमभन्ज्याङ युवा क्लवलाई हराएकाे हाे । त्यसैगरी छहारीले चित्लाङ राइजिङ स्टारलाई र सोल्टुले आयोजक 'बि'लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

अन्तिम क्वाटरफाइनल खेल साेमबार बिहान मंगलेश्वर भाङ्खोरिया र बागेश्वरी युवा क्कव डाडागाउँबीच हुने प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए ।

फाइनल खेल साेमबार २ बजे हुने भएकाेले उक्त अवसरमा उपस्थितिकाे लागि अध्यक्ष कार्कीले अनुरोध गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०