Monday, 17th March, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

विनयबाबु रनिङ शील्डमा मंगलेश्वर लगातार दाेस्राे पटक विजेता

20241102_171502-1730553597.jpg

थाहामा जारी सातौं विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्डको उपाधी साविक विजेतन मंगलेश्वर युवा क्लव थाहा २ भाङ्खोरियाले हात पारेको छ।

१७ कार्तिकमा भएको प्रतियोगिताको फाइनलमा आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई ३-२ को सेटमा हराउदै मंगलेश्वरले उपाधी चुमेकाे हो।

उपाधीसंगै मंगलेश्वरले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, उपबिजेता आयोजकले २८ हजार ८ सय ८८ रुपैयाँ  तृतीय भएको ससक्त युवा क्लवले ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

बिजेता खेलाडी तथा बिधागत उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथी थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले पुरस्कार प्रदान गरेका थिए । 

प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी मंगलेश्वरका बलराम सुवेदी हुँदा उत्कृष्ट बेष्ट ब्लकर सुजल कार्की,उत्कृष्ट लिबेरो सुजल कपाली,उत्कृष्ट स्पाइकर रमेश तामाङ र उत्कृष्ट सेटर उत्सव आले मगर तथा उत्कृष्ट नव प्रतिभा खेलाडी किशन थापा हुन सफल रहे भने उत्कृष्ट कोच योग बहादुर सिन्तान हुन सफल रहे उत्कृष्ट खेलाडी हरुलाइ नगदसहित मेडल प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्ट, वडा न २ का बम बहादुर सिङतान, ३ का हिरेन्द्रकुमार रायमाझी, नेकपा एमालेका पुर्व नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल ,एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, थाहा नगर खेलकुद विकास समितिका सदस्य सचिव अनिल लामिछाने, राेजगार संयाेजक कुमार नेगी, पालुङ जेसिजका अध्यक्ष निरज प्रधान, जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबू अर्याल,थाहा नगर खेलकुद विकास समितिका सदस्य यादव रायमाझी प्रतिष्ठानका संस्थापक बिजयबाबु बस्नेत ,विनयबाबुका बुबा बिष्णु बहादुर बस्नेत लगाएतको उपस्थिति रहेको थियो।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०