Tuesday, 25th August, 2026
वि.स.

विद्युत प्राधिकरण पालुङको चुहावट नियन्त्रण अभियान

Bijuli-1582895069.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले चुहावट नियन्त्रण अभियानलाई तिब्रता दिएको छ । प्राधिकरणले यस आ.ब. २०७६/०७७ को माघ सम्म विद्युत चोरी गर्ने ग्राहक तथा उपभोक्ताबाट रु. ५ लाख २० हजार जरिवाना रकम अशुल उपर गर्ने गरि  कार्बाही गर्न सफल भए पछि अभियान सफल भएको हो । 

नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट गर्न दिएको निर्देशन बमोजिम पालुङ वितरण केन्द्रले डाईरेक्ट हुकिङ्ग नियन्त्रण, मिटर वाईपासबाट हुने चोरी नियन्त्रण तथा रिसिलिङ्ग कार्यलाई अभियानका रुपमा संचालन गरेको पालुङ वितरण केन्द्रका प्रमुख सन्तोष प्रसाद पन्तले बताए । पालुङ वितरण केन्द्रले आ.ब. २०७५/०७६ मा १४.२९ प्रतिशतमा रहेको चुहावट अभियान संचालन र कार्यालयको सक्रियतापछि यस आ.ब.२०७६/०७७ को पौष सम्ममा १२.८१ प्रतिशतमा झार्न सफल भएकोे छ । कार्यालयले यस आ.ब.को अन्त्य सम्ममा आफ्नो वितरण केन्द्रको चुहावट १०.३५ प्रतिशतमा झार्ने गरि अभियान अगाडी बढाएको पनि प्रमुख पन्तले बताए । 

विद्युत चोरी गर्नेहरुबाट यस आ.ब.को माघ सम्ममा रु. ३ लाख ४६ हजार अशुल उपर भैसकेको र अभियानबाट गरिएको कार्बाहीबाट १ लाख ३४ हजार ४ सय क्षतिपुर्ती तिर्न पत्राचार गरिसकिएको छ । केन्द्रले अहिले पनि चुहावट नियन्त्रण र वक्यौता संकलन अभियान तिब्र बनाउन २ वटा टोली नियमित परिचालन गरिएको प्रधिकरण पालुङ वितरण केन्द्रले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif