Monday, 24th August, 2026
वि.स.

विद्युत प्राधिकरणकाे सकुर्लर: कार्यक्षेत्र नछाड्नू, फोन अफ नगर्नू

BIjuli-1585104002.png

नेपाल विद्युत् प्राधिकरणले सबै वितरण प्रमुखहरुलाई तोकिएको कार्यक्षेत्र नछोड्न निर्देशन दिएको छ । आफ्नो कार्यक्षेत्रमा तोकिएको जिम्मेवारी उत्तरदायी ढंगले पुरा गर्न प्राधिरकणले कर्मचारीहरुलाई सर्कुलर जारी गरेको छ ।

मिटर सिकायत, नो लाईट सेवा, मर्मत सम्भार र सिफ्ट ड्युटी संबन्धित (उत्पादन, प्रसारण, बितरण) कर्मचारिहरु खटाइएअनुसार अन ड्युटी कार्यरत रहनु पर्ने नियम बनाइएको छ । अन्य सबै कर्मचारीहरु फोन गरेपछि कुनै पनि बेला कार्यालय र फिल्डमा उपलब्ध हुने गरी घर निवासमा नै रहन र बाहिर नजान पनि निर्देशन दिइएको छ ।


कसैले पनि फोन स्विच अफ नराख्न पनि भनिएको छ ।  आएका सबै फोन रिसिभ गर्न भनिएको छ । ‘फोन मा लामो कुरा गर्दा अर्को महत्वपुर्ण, जरुरी वा इमर्जेन्सी खबर गर्न खोजिरहेको ब्यक्तिले सन्देश प्रवाह गर्न नपाउने हुँदा यसमा बिशेष ध्यान दिनुस्, किनकी यो अत्यन्त सम्बेदनशील घडी हो,’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले कर्मचारीलाई जानकारी दिँदै भनेका छन् ।

सबै उपमाहनिर्देशकहरुले हरेक दिन बेलुका अनिवार्य प्रवन्ध निर्देशकलाई रिपोर्टिङ गर्न र अवश्यक परेमा कुनै पनि बेला फोन सम्पार्क गर्न वा भेट्न समेत सूचनामा भनिएको छ । कुनै पनि कठिन परिस्थिति आएमा वा आउने पूर्बानुमान भएमा तत्काल आफ्नो माथिल्लो निकायलाई जानकारी गराउन र आˆनो स्वास्थ्यलाई उच्च ख्याल राख्दै ‘हामी सबैसँगै छौं’ भन्ने भाबना र उच्च मनोबलका साथ जिम्मेवारीमा समर्पित भइरहन निर्देशन दिइएको छ ।

प्राधिकणले कुनै पनि बेला कुनै सूचना वा सर्कुलर जारी गरेमा आफू बेखबर नहुने गरी प्राधिकरणको वेबसाइट इमेल लगायतसँग जोडिइरहन पनि निर्देशनमा भनिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०