Sunday, 23rd August, 2026
वि.स.

विद्यालय र विद्यार्थीलाई नि:शुल्क इन्टरनेट उपलब्ध गराउने शिक्षा मन्त्रालयको तयारी

class-1599812351.jpg

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि विद्यार्थीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको छ।

‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ हालै जारी गरेको मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निस्शुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय वा विद्यार्थीलाई निस्शुल्क उपलब्ध गराउन लागेको हो।

शिक्षा मन्त्रालयले इन्टरनेट सेवा प्रदायकसँग विद्यार्थी र विद्यालयलाई निस्शुल्क इन्टरनेट व्यवस्थापन लगायतका विषयमा छलफल सुरू गरेको प्रवक्ता दीपक शर्माले जानकारी दिए।

‘हामी इन्टरनेट प्रदायकहरूसँग छलफलमै छौं,’ शर्माले भने, ‘असोज पहिलो सातासम्म इन्टरनेटमा सहुलियत वा निस्शुल्क उपलब्ध गराउनेबारे निर्णयमा पुग्छौं।’

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif