Wednesday, 26th August, 2026
वि.स.

विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

tribhuvan-university-tu-6-1622904498.jpg

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएको हो । कोरोना महामारीका कारण स्थगित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अनलाइनबाट सम्भव नदेखिएपछि विद्यार्थी जुन जिल्लामा पुगेको छ त्यहीँबाट परीक्षा लिने मोडालिटी बनाइएको हो ।

१९ महिनाभन्दा बढी समयदेखि एउटै वर्षमा अध्ययन गर्न बाध्य स्नातक प्रथम वर्षका विद्यार्थीको परीक्षा साउनभित्रै लिने तयारीअनुसार नै विश्वविद्यालयले परीक्षामा यस खालको मोडालिटी बनाएको हो । त्रिविमा हाल स्नातक तहमा नयाँ र पुरानो गरी दुई समूहका विद्यार्थी छन् । त्रिविमा सामान्य अवस्थामा परीक्षा केन्द्र परिवर्तन गर्न र विद्यार्थीले परीक्षा केन्द्र रोज्नसमेत नपाउने प्रावधान छ ।

परीक्षा नियन्त्रक जोशीले विद्यार्थीले परीक्षा फाराम भर्नसमेत अनलाइनबाट सम्भव नभएको गुनासो आएपछि आफूहरूले पुरानो परिपाटीबाट तीन घण्टाकै परीक्षा लिने निचोडमा पुगेको जानकारी दिनुभयो । विश्वविद्यालयमा हाल स्नातक तह पहिलो वर्षमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी छन् । ती विद्यार्थीको पठनपाठन वार्षिक परीक्षा प्रणालीका आधारमा भइरहेको छ । त्रिविले असार पहिलो सातासम्म परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।


परीक्षा केन्द्र थपिने
विद्यार्थीलाई सहज तरिकाले परीक्षा दिन प्रबन्ध मिलाउन विश्वविद्यालयले यसपटक परीक्षा केन्द्र थप गर्ने भएको छ । यसपटक स्नातक तह प्रथम वर्षको परीक्षा सञ्चालनका लागि देशभर करिब तीन सय केन्द्र थपिने तयारी गरिएको छ । गत वर्ष २४० वटा परीक्षा केन्द्र तय गरिएको थियो ।

मनाङबाहेक सबै जिल्लामा विश्वविद्यालयले परीक्षा केन्द्र राख्ने जनाएको छ । जिल्ला हेरी न्यूनतम एक र बढीमा सातवटासम्म परीक्षा केन्द्र तय गरिने जनाइएको छ । स्नातक तह प्रथम वर्षको परीक्षा सकेपछि भदौबाट अन्य तहका परीक्षा क्रमशः सञ्चालन गर्दै जाने योजना विश्वविद्यालयको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif