Monday, 17th August, 2026
वि.स.

विदेश पठाउने बहानामा ५ युवतीलाई बेचबिखन गर्न लागेको आरोपमा हेटौडाका एक युवक पक्राउ

arrested1-1732267034.jpg

विदेश पठाउने बहानामा ५ युवतीलाई बेचबिखन गर्न लागेको आरोपमा एक युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङ छन् ।

थिङलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो । उनले गाउँका ५ युवतीलाई ललाइफकाई भारत पुर्‍याएर बेच्न लागेको पाइएको चितवनका एसपी गौतम मिश्रले बताए । उनका अनुसार नारायणगढबाट भारत लैजान सुनौली जाने बस चढाउन लागेका बेला थिङ पक्राउ परेका हुन् ।

युवतीहरुको पासपोर्ट संकलन गरी भिसा लगाउन भारत पठाएको र उत्तैबाट विदेश जाने भन्दै युवतीहरुलाई भारत लैजान लागेको आरोप छ ।
पक्राउ परेका युवतीहरुलाई सेफ हाउसमा राखिएको एसपी मिश्रले बताए ।

थिङविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif