Saturday, 29th August, 2026
वि.स.

विदेशी गुप्तचर संस्थाका प्रमुखसँग समकक्षी झैं वार्ता गरेको पहिलो घटनाः श्रेष्ठ

Nkaji-1603596043.jpg

सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने बताएका छन्।

नेकपा सचिवालयका सदस्य श्रेष्ठले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा विपरित समकक्षी झैं औपचारिक वार्ता गरेको यो पहिलो घटना हो।’

शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलले रअ प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाहकका रुपमा नेपाल आएको र प्रधानमन्त्री ओलीसँग सीमा समस्याका विषयमा भेटवार्ता गरेको बताएका थिए।

श्रेष्ठले भारतीय प्रधानमन्त्री मोदीले सन्देशसहित गोयललाई नेपाल पठाएको नदेखिएको बताएका छन्।

‘विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो। तर त्यस्तो पनि देखिएन’, श्रेष्ठले भनेका छन्, ‘त्यसैले गम्भीर प्रश्न उठ्छ, विदेशी गुप्तचर अधिकारीसँग कुटनीतिक मुल्य र आचारसंहिता विपरित प्रधानमन्त्रीको यस्तो भेट किन?’

श्रेष्ठले भनेका छन्, ‘यसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्छ।’

RAW Narayankaji

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०