Monday, 24th August, 2026
वि.स.

वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना सङ्क्रमण

covide-1595228841.jpg

बारामा वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजिटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका तीन, सुवर्ण गाउँपालिकाका तीन र अरु ६ जना गरी ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

यसैबीच प्रदेश १ का ७ सय ९३ जनामा सङ्क्रमितमध्ये ७ सय २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा अहिलेसम्म ८८ दशमलव ५४ प्रतिशत निको भएका हुन् । सङ्क्रमण देखिएका ८८ जनाको उपचार भइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif