Friday, 21st August, 2026
वि.स.

लुम्विनी प्रदेशमा कोरोनाका बिरामीको निःशुल्क उपचार हुने

4321-1603179064.jpg

 केन्द्र सरकारले कोरोना संक्रमितको उपचार र परीक्षणमा शुल्क लिने निर्णय गरेर आलोचित बनिरहेका बेला लुम्विनी प्रदेशले भने संक्रमितहरूको उपचार निःशुल्क गर्ने जनाएको छ ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकबाट लुम्विनी प्रदेशका चार वटा कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निःशुल्क उपचार हुने जनाएका हुन् । उनले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क हुने उल्लेख गरेका छन् ।

‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको छ’, मुख्यमन्त्री पोखरेलले भनेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif