Thursday, 27th August, 2026
वि.स.

लगातार कम्प्युटर चलाउँदा हुने असर, बच्ने कसरी ?

Computer-Work_1-(1)-1568283143.jpg

लगातार कम्प्युटरमा काम गर्दा हामीले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ। कम्मर तथा गर्दन दुख्ने, आँखा रातो हुने र पानी आउने जस्ता समस्याले दुःख दिन्छन्। चिकित्सकहरुका अनुसार कम्प्युटरमा लामो समय काम गर्दा बसाइको तौरतरिकाका कारण शरीरको आकारमा पनि परिवर्तन आउन थाल्छ।

कम्प्युटरसँग जोडिएका केही स्वास्थ्य समस्याबारे चर्चा गरौं:

रिपिटिटिभ स्ट्रेन इन्जुरी
रिपिटिटिभ स्ट्रेन इन्जुरीमा सबैभन्दा बढी असर आँखामा पर्छ। कम्प्युटरमा लगातार हेरिरहँदा आँखामा दबाब र तनाव बढ्छ। जसका कारण आँखामा जलन तथा पीडा हुने, आँखा सुख्खा हुने, चिलाउने, भारीपन महसुस हुने, नजिकैका वस्तु देख्न समस्या हुने, एकै वस्तुलाई दुई वटा देखिने जस्ता समस्या हुन्छ।

ड्राइ आइ सिन्ड्रोम
कम्प्युटरबाट नजर नहटाई एकोहोरो काम गर्ने हाम्रो बानी हुन्छ, त्यसरी एकोहोरिएर लाग्दा हामी आँखाको पलक झप्काउनै बिर्सिदिन्छौं। त्यसका कारण आँखाको मोइश्चराइजर सकिन थाल्छ र आँखा सुख्खा हुने समस्या निम्तिन्छ। त्यसैले कम्प्युटर चलाइरहँदा जतिसक्दो आँखा झिम्क्याउनुपर्छ, जसले गर्दा हाम्रो आँखामा पानीको मात्रा कायम रहिरहन्छ।

समस्याबाट कसरी बच्ने ?
१. कम्प्युटर चलाएको हरेक एक घण्टामा कम्तीमा ५/१० मिनेटसम्म आँखा बन्द गरेर आराम गर्ने।
२. कम्प्युटरको ब्राइटनेस कम गर्ने, जसले आँखालाई धेरै राहत मिल्छ।
३. कुर्सीमा मेरुदण्ड सीधा हुनेगरी बसेर काम गर्ने।
४. कम्प्युटर चलाएको बेला फोनलाई काँध र गर्धनको बीचमा राखेर कुरा गर्ने बानी छाड्ने। त्यसरी फोन प्रयोग गर्दा गर्धनमा बढी जोड परेर दुख्न थाल्छ।
५. कम्प्युटरमा काम गरेको बेला हातको कोण ९० डिग्री हुनुपर्छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif