Sunday, 30th August, 2026
वि.स.

लकडाउन खुकुलो पार्ने जिम्मा उच्चस्तरीय समितिलाई

aaa-1591289397.jpg

लकडाउनबारे छलफल गर्न बिहीबार अपराह्न बसेकाे मन्त्रिपरिषद् बैठक सकिएकाे छ। 

बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी २ दिनभित्र पेस गर्न कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ। 

समितिले ल्याएको कार्ययोजनापछि पुन: मन्त्रिपरिषद्काे बैठक बस्ने र निर्णय गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए।  बैठक सकेलगत्तै बिहीबार राति नेपालखबरसँग कुरा गर्दै मन्त्री भट्टले प्रधानमन्त्रीले लकडाउन खुकुलो बनाउने गरी कुन निकाय खुला गर्ने वा कुन निकाय खुला नगर्ने भन्ने विषयमा खाका तयार पार्न निर्देशन दिएकाे बताए। 

लामो समयसम्म लकडाउन जारी राख्दा व्यवसायीले अवज्ञा गर्न थालेपछि यस विषयमा छलफल गर्न बिहीबार अपराह्नदेखि मन्त्रिपरिषद् बैठक बसेकाे हाे।  चैत ११ गतेदेखि देशभर लागू लकडाउन पटकपटक म्याद थप्दै पछिल्लो समय यही जेठ ३२ गतेसम्म लम्ब्याइएकाे छ। 

लकडाउनकाे माेडालिटी परिवर्तनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा छलफल गरेका थिए। त्यस क्रममा स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए भने प्रधानमन्त्री पनि सकारात्मक देखिएका थिए। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०