Tuesday, 25th August, 2026
वि.स.

बागमती प्रदेशको खर्च लकडाउनले प्रभावित

bagmattii-prades-1589102810.jpg

बागमती प्रदेशको खर्च अत्यन्तै कम देखिएको छ । तर खर्चको भुक्तानी र ठुला योजनाहरु सञ्चालन भइरहेको बेला कोरोना भाईरस (कोभिड १९)को कारणले लकडाउन हुँदा खर्च कम भएको प्रदेश सकरारले जनाएको छ । प्रदेशको करिब १० प्रतिशत खर्च लकडाउनका कारण हुन नसकेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए। लकडाउनको अवधिमा ठूला योजनाहरु रोकिनाले खर्च र सकिएका केही योजनाका भुक्तानी दिन सरकाले नसकेको मन्त्री ढुंगेलले बताए। काम सम्पन्न भएका योजनाको भुक्तानी लकडाउनका कारण दिन नसकिएकाले खर्च कम देखिएको उनले स्पष्ट पारे।

लकडाउन नभएको भए ६० प्रतिशतभन्दा बढी बजेट खर्च हुने मन्त्री ढुंगेलले दाबी गरे। योजनाहरुको धमाधम काम हुने मुख्य समयमा काम रोकिएकोले सोचेजति लक्ष्य हासिल गर्न नसके उनले बताए। सरकारले बजेट खर्च गर्न नसकेको भन्दै प्रदेशसभा बारम्बार सदस्यहरुले सरकारको आलोचना गरिरहेका छन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif