Wednesday, 5th August, 2026
वि.स.

रोमानियामा रेल दुर्घटना, दुई नेपालीको मृत्यु

20517632701ambulance-1785829782.jpg

पूर्वी रोमानियाको बकाउ शहरमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ ।

स्थानीय आपतकालीन सेवा प्राधिकरणका अनुसार चिमी स्ट्रिट क्षेत्रमा बिहान करिब ३ः२१ बजे गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि उद्धार टोली, दमकल, हेभी रेस्क्यु भेइकल तथा मोबाइल इन्टेन्सिभ केयर एम्बुलेन्ससहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो । तर, उद्धारकर्मी घटनास्थल पुग्दासम्म दुवै जनाको मृत्यु भइसकेको थियो ।

बकाउ प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार रेलको ठक्करबाट गम्भीर घाइते भएका दुवै व्यक्तिमा जीवनको कुनै संकेत नरहेपछि स्वास्थ्यकर्मीले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।

प्रारम्भिक विवरणअनुसार मृतक नेपाली नागरिक रहेको जनाइएको छ। यद्यपि, उनीहरूको पहिचान भने हालसम्म सार्वजनिक गरिएको छैन ।

दुर्घटना कसरी भयो र उनीहरू रेलमार्गमा कसरी पुगे भन्ने विषयमा स्थानीय प्रहरी तथा रेलवे अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif