Friday, 28th August, 2026
वि.स.

रेणुलाई डोरमणिको प्रश्न- सूर्य चिन्हका मतपत्र च्यातेर जित्नेको हैसियत के हो ?

dormani-paudel-1612012175.jpg

प्रधानमन्त्री उपस्थित सिटी हल शिलान्यास कार्यक्रम बहिस्कार गरेकोमा वामगती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको आलोचना गरेका छन् ।

भरतपुरमा आयोजित ओली पक्षीय नेकपाको जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सूर्य चिह्नको मतपत्र चपाएर मेयर हुनेले अरुकै जुठोपुरो खाएर प्रधानमन्त्रीलाई बहिस्कार गरेको टिप्पणी गरे ।

पौडेलले प्रश्न गर्दै भने– मतपत्र च्यातेर, चपाएर विजयी हुनेहरु प्रधानमन्त्री उपस्थित हुने कार्यक्रम बहिस्कारको विज्ञप्ति निकालेर भागेका छन् । कसको जुठोपुरो खायौ ? प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार गर्ने हैसियत के हो ? कसको इसारामा भयो ?

मुख्यमन्त्री पौडेलले भरतपुरको लाखौंका जनसभाले प्रचण्ड माधव पक्षका धेरैलाई हर्ट अट्याक हुनसक्ने बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif