Friday, 21st August, 2026
वि.स.

रिकभरी अवार्ड २०२० थाहा नगरमा हुने

chitlang-1603346748.jpg

दुव्र्यसनीमा फसेकाको उपचारमा सकृय सिआन पुर्नस्थापना केन्द्र हेटौँडाले नेपालमा पहिलो पटक नेपाल रिकभरी अवार्ड २०२० गर्ने भएको छ ।

 नेपालभरका लागुऔषध न्यूनिकरणमा काम गर्ने सुधारकर्र्मी तथा न्यूनिकरणमा सहयोग पु¥याउने संस्थाहरुले गरेका कार्यको उच्च मुल्याङकन गर्दै हौसल्ला प्रदान गर्ने उद्देश्यले आउँदो मंसिर ६ गते उत्तरी मकवानपुरकाे थाहा नगरपालिका चित्लाङमा गर्न लागेको सिआन पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसिले जानकारी दिए । 

गत वर्ष चैत्र १२ गते थाइल्याण्ड हुने भनेको अवार्ड कार्यक्रम कोरोना भाईरसका कारण स्तगित भएको थियो सो कार्यक्रमलाई निरन्तरता दिन लागको डिसिले जानकारी दिए । मेडएक्स र रिकभरिङ नेपालको समन्वयमा हुने लागेको कार्यक्रममा देशभरका १०० भन्दा वढि सुधारकर्मीहरुको सहभागिता रहनेछ । सो कार्यक्रमा पत्रकार सहित १० वटा विधामा अवार्ड प्रदान गर्ने साथै विभिन्न सांस्कृतिक कार्यक्रम सहित कलाकारहरुको समेत प्रस्तुति रहनेछ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif