Monday, 24th August, 2026
वि.स.

राष्ट्रिय सम्मानसहित आङरिता शेर्पाको अन्त्येष्टि

7-1600846505.jpg

विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ ।

अक्सिजनबिना नै १० पटक सगरमाथा आरोण गरी साहसिक पहिचान बनाएका विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको आज राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको हो  ।

शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो । उहाँको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उहाँकोपार्थिव शरीरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नु भएको थियो  । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरेका थिए  ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०