Sunday, 30th August, 2026
वि.स.

राष्ट्रिय सभामा विडारीको प्रस्ताव : सिमानामा काँडेतार लगाऔं रातीराती करेण्ट छोडौं

Bidd-1589419742.jpg

राष्ट्रिय सभाका सांसद रामनारायण विडारीले नेपाल भारत सिमानामा काँडेतार लगाउने प्रस्ताव गरेका छन् । 

३१ वैशाखामा राष्ट्रिय सभामा बोल्दै सांसद विडारीले सिमानाको हस्तक्षेप असैह्य भएकाले सरकारले के कति बजेट व्यवस्था गर्नुपर्ने हो गर्न र जनताबाट समेत सहयोग जुटाएर काँडेतार लगाउने योजना बनाउन माग गरे ।

सिमाबारमा रातीराती करेण्ट छोड्ने सम्मको माग गर्दै विडारीले संकटको समयमा सबै दल, आम नागरिक एक ठाउँमा उभिएको बेला राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता रक्षाका लागि युगान्तकारी कदम चालौं भन्ने प्रस्ताव  गरे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०