nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रिय प्रजातन्त्र पार्टी थाहानगर अध्यक्षमा कार्की निर्विरोध निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थाहानगर समितिको अध्यक्षमा हरेराम कार्की निर्विरोध निर्वाचित भएकाछन् । राष्ट्रिय प्रजातन्त्र पाटी र राष्ट्रिय प्रजातन्त्र पाटी नेपालबीच १० माघमा थाहानगरमा सम्पन्न एकता भेलाबाट कार्की अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

नगर समितिको उपाध्यक्षहरुमा शंकर महर्जन र राजु कार्की, कोषाध्यक्ष पूर्णध्वज केसी, सचिव प्रमोद केसीलगायत रहेका छन् । नगर समिति २३  सदस्यीय रहेको छ । 

नव निर्वाचित अध्यक्ष कार्कीले आफ्नो पार्टी विकासका लागि सधै सक्रिय रहने पार्टीको रुपमा थाहानगरमा खडा हुने प्रतिक्रिया दिए । गाउँ–गाउँको विकासका लागि पर्टाीले युवा परिचालनलाई प्रमुखताको साथ कार्य गर्ने अध्यक्ष कार्कीको भनाइ रहेको थियो । आफ्नो तीनवर्षै कार्यकालमा युवा केन्द्रीत विभिन्न अभियान संचान गर्ने उनको भनाइ छ । राप्रपा थाहानगरले मुलुकका ठूला पार्टीहरुसंग विकासका लागि प्रतिस्पर्धा गर्ने जनाएको छ । अध्यक्ष कार्कीले भने–‘कार्यकर्ता जम्मा गरेर संख्या बढाउने भन्दा पनि विकासको माहोल खडा गरी राप्रपा थाहानगरको विकास कार्यमा ठूला पार्टीहरुसंग प्रतिस्पर्धा हुन्छ ।’

राप्रपा थाहानगरले यसअघि पार्टी छोडी विभिन्न प्रलोभनमा परी अन्यत्र गएकाहरुलाई पुनः आफ्नै घर फर्काउने अभियान पनि जारी रहने अध्यक्ष कार्कीले जानकारी दिए । नवनिर्वाचित कार्की एकता हुनुपुर्व राप्रपा नेपालको थाहानगर अध्यक्ष नै थिए । उनी थाहा नगरस्तरीय राजनैतिक संयन्त्रमा सबैभन्दा कम उमेरका अध्यक्ष हुन् ।

एकीकरण सभामा राप्रपा जिल्ला सदस्य शम्भूभक्त श्रेष्ठ, क्षेत्रिय सचिव पूर्णध्वज केसी, क्षेत्रिय सदस्य हरिकृष्ण विष्टलगायतकाको आतिथ्य रहेको   थियो ।

को को छन् नगर समितिमा ?  

अध्यक्ष       : हरेराम कार्की 
उपाध्यक्ष    : शंकर महर्जन 
उपाध्यक्ष    : राजु कार्की
कोषाध्यक्ष   : पूर्णध्वज केसी
सचिव        : प्रमोद केसी 
सदस्य        : नवराज थापा
सदस्य        : हरिकृष्ण विष्ट
सदस्य        : सन्तोष केसी
सदस्य        : अर्जुन केसी
सदस्य        : भावना श्रेष्ठ
सदस्य        : मोहन खड्का
सदस्य        : शम्भूभक्त श्रेष्ठ
सदस्य        : अनिता विष्ट
सदस्य        : टंकनाथ ढुङ्गाना
सदस्य        : नरेन्द्र प्रधान
सदस्य        : राधाकृष्ण विष्ट
सदस्य       : ठूलोभाई परियार
सदस्य        : कुमारी स्याङ्तान
सदस्य        : लक्ष्मी गोपाली
सदस्य        : कुलमान तामाङ
सदस्य        : नवीन रायमाझी
सदस्य         :सुरेन्द्र तामाङ



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg