nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रिय टिमका पूर्वगोलरक्षक शाहीको निधन

shahi-1610342115.jpg

 नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलरक्षक लोकबहादुर शाहीको आइतबार राति निधन भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार शाहीको निधन दैलेखमा भएको हो ।

शेर्पाका अनुसार ‘मल्टिपल अर्गन फेलर’ का कारण शाहीको निधन भएको र उनको दैलेखमै आइतबार अन्तिम संस्कार गरिनेछ । नेपाली फुटबलले पाएका उत्कृष्ट गोलरक्षकमध्ये शाही पनि एक थिए ।

उनले सन् ८० को दशकमा नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेर खेलेका थिए । उनी लामो समय नेपाली फुटबलमा प्रशासक र व्यवस्थापकका रूपमा रहे । उनी एन्फाका पूर्वमहासचिव समेत हुन् । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही टिमका सदस्य थिए । उनले सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए । त्यस्तै सन् १९९५ देखि २००२ सम्म एन्फा महासचिवको जिम्मेवारी सम्हालेका थिए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)