Saturday, 28th November, 2026
वि.स.

रामेछाप बहुप्राविधिक शिक्षालयमा १२० जनालाई निःशुल्क सीपमूलक तालिम, मंसिर २२ सम्म आवेदन दिन सकिने

931388624_166081182887618-1795762119.jpg

सीप सिकेर स्वरोजगार तथा रोजगारीमा जोडिन चाहने नेपाली नागरिकका लागि रामेछाप बहुप्राविधिक शिक्षालयले निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। शिक्षालयले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार विभिन्न चार विधामा १२० जनालाई तालिम दिन आवेदन खुलाएको हो।

शिक्षालयले ३९० घण्टा अर्थात् ६५ दिनको अवधिका लागि ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता, ग्रामीण कृषि कार्यकर्ता, बेमौसमी तरकारी उत्पादक र च्याउ उत्पादनसम्बन्धी तालिम सञ्चालन गर्न लागेको हो।

तालिमअन्तर्गत ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता र ग्रामीण कृषि कार्यकर्तामा ४०/४० जना तथा बेमौसमी तरकारी उत्पादक र च्याउ उत्पादनमा २०/२० जना सहभागी गराइनेछ।

ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता र ग्रामीण कृषि कार्यकर्ताका लागि न्यूनतम कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै, बेमौसमी तरकारी उत्पादन र च्याउ उत्पादन तालिमका लागि सामान्य लेखपढ गर्न सक्ने योग्यता तोकिएको छ।

तालिममा सहभागी हुन इच्छुक नेपाली नागरिकले २०८३ मंसिर २२ गतेसम्म रामेछाप बहुप्राविधिक शिक्षालयमा पुगेर आवेदन फाराम भर्न सक्नेछन्। आवेदनका लागि शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ।

आवेदकहरूको अन्तिम नामावली तथा अन्तर्वार्तासम्बन्धी सूचना २०८३ मंसिर २३ गते प्रकाशन गरिने शिक्षालयले जनाएको छ। अन्तर्वार्तापछि तालिम सञ्चालन हुने मिति सार्वजनिक गरिनेछ।

बाढीपहिरो तथा अन्य दैवी प्रकोपबाट प्रभावित व्यक्तिहरूलाई तालिममा विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ। साथै, तालिममा सहभागी प्रशिक्षार्थीलाई उपस्थित भएको दिन प्रतिदिन ५० रुपैयाँका दरले खाजा खर्चसमेत उपलब्ध गराइनेछ।

तालिम रामेछाप बहुप्राविधिक शिक्षालयमै सञ्चालन हुनेछ। थप जानकारीका लागि शिक्षालयको कार्यालय फोन नं. ०४८–५४०६२६,५४०६२७,९८५४०४३५९२ वा सम्पर्क व्यक्ति पवन दाहाललाई  ९८४३७६८४१६ सम्पर्क गर्न सकिनेछ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







ताजा समाचार सबै

लोकप्रिय समाचार