Saturday, 28th November, 2026
वि.स.

बनगाड कुपिण्डे नगरपालिकामा शिक्षक तथा प्रशिक्षकका लागि दरखास्त आह्वान, २३ मंसिरसम्म आवेदन दिन सकिने

770738156_995589366769570-1795778262.jpg

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले करारमा शिक्षक तथा प्रशिक्षक पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ।

नगर कार्यपालिकाको २०८३ असोज १३ गतेको निर्णयानुसार प्रमुख प्रशासकीय अधिकृत पुष्पराज कट्वालद्वारा ९ मंसिर, २०८३ मा प्रकाशित सूचनाबमोजिम माध्यमिक तथा आधारभूत तह र प्रशिक्षक पदहरूमा दरखास्त आह्वान गरिएको हो। इच्छुक तथा तोकिएको योग्यता पुगेका नेपाली नागरिकले २०८३ मंसिर २३ गते (२०८३/०८/२३) कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

विज्ञापन तथा माग पदको विवरण:

माध्यमिक तह (कक्षा ९–१०) तर्फ:

  • कम्प्युटर प्रशिक्षक: जम्मा २ जना (खुला १, महिला १ — विज्ञापन नं. ०४–२०८३/८४ र ०५–२०८३/८४)
  • विज्ञान: जम्मा १ जना (खुला १ — विज्ञापन नं. ०६–२०८३/८४)
  • नेपाली: जम्मा २ जना (खुला १, महिला १ — विज्ञापन नं. ०७–२०८३/८४ र ०८–२०८३/८४)

आधारभूत तह (कक्षा १–८) तर्फ:

  • गणित: जम्मा २ जना (खुला १, महिला १ — विज्ञापन नं. ०९–२०८३/८४ र १०–२०८३/८४)
  • विज्ञान: जम्मा २ जना (खुला १, महिला १ — विज्ञापन नं. ११–२०८३/८४ र १२–२०८३/८४)
  • अङ्ग्रेजी: जम्मा २ जना  (खुला १, महिला १ —  (विज्ञापन नं. १३–२०८३/८४ र १४–२०८३/८४,)
  • सामाजिक: जम्मा १ जना  (खुला विज्ञापन नं. १५–२०८३/८४,)
  • नेपाली: जम्मा १ जना  (खुला विज्ञापन नं. १६–२०८३/८४,)
  • कम्प्युटर सहायक प्रशिक्षक: जम्मा २ जना (खुला १, महिला १ —  (विज्ञापन नं. १७–२०८३/८४ र १८–२०८३/८४, )

योग्यता, उमेर र दस्तुरसम्बन्धी व्यवस्था:

  • उमेर हद: दरखास्त दिने अन्तिम मितिसम्म माध्यमिक तहका लागि २१ वर्ष र आधारभूत तहका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
  • शैक्षिक योग्यता: माध्यमिक तहका लागि सम्बन्धित विषयमा स्नातक र आधारभूत तहका लागि सम्बन्धित विषयमा कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको
  • दरखास्त दस्तुर: माध्यमिक तहका लागि रु. १,००० र आधारभूत तहका लागि रु. ७०० तोकिएको छ भने प्रत्येक समावेशी समूहका लागि थप रु. २०० लाग्नेछ; दस्तुर नगरपालिकाको राजस्व शाखामा बुझाउनुपर्नेछ
  • फाराम पाइने र बुझाउने स्थान: बनगाड कुपिण्डे नगरपालिका, नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा

परीक्षा, पाठ्यक्रम, कागजात र सेवा सुविधा:

  • परीक्षाको किसिम: लिखित परीक्षा (सामान्य र विषयगत) तथा अन्तर्वार्ता हुने र परीक्षा सञ्चालनसम्बन्धी सूचना दरखास्त मिति समाप्त भएपछि प्रकाशन गरिनेछ

  • पाठ्यक्रम: शिक्षक सेवा आयोगले सम्बन्धित तह र विषयका लागि निर्धारण गरेबमोजिम हुनेछ

  • मासिक तलब सुविधा: कार्यालयको निर्णयानुसार उपलब्ध गराइनेछ

  • नियुक्ति तथा पदस्थापन: छनोट समितिबाट सिफारिस भएका उम्मेदवारलाई नियुक्तिका लागि कार्यालयको निर्णयानुसार विद्यालयमा सिफारिस गरिनेछ

  • कोटा व्यवस्था: समावेशी समूहतर्फ कोटा पूर्ति हुन नसकेमा खुलाबाट उत्तीर्ण उम्मेदवारलाई छनोट गरिनेछ

  • आवश्यक कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, अध्यापन अनुमति पत्रको प्रतिलिपि (कम्प्युटर प्रशिक्षक र सहायक प्रशिक्षकका लागि अध्यापन अनुमति पत्र आवश्यक नपर्ने), समावेशीको हकमा सम्बन्धित निकायबाट उपलब्ध कागज प्रमाणहरू र पासपोर्ट साइजको फोटो ३ प्रति

सूचनामा उल्लेख नभएका अन्य विषय प्रचलित कानुनमा व्यवस्था भएबमोजिम हुने जनाइएको छ। थप जानकारीका लागि नगरपालिकाको सम्पर्क नम्बर ९८५७८४४५००, इमेल info.bangadkupindemun@gmail.com वा info@bangadkupindemun.gov.np तथा वेबसाइट www.bangadkupindemun.gov.np मा सम्पर्क गर्न सकिनेछ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







ताजा समाचार सबै

लोकप्रिय समाचार