Saturday, 28th November, 2026
वि.स.

पनौती प्राविधिक शिक्षालयमा मोटरसाइकल र लाइट भेहिकल मर्मतसम्बन्धी निःशुल्क तालिम, ४० जनालाई अवसर

929369130_180739110389965-1795763295.jpg

प्राविधिक सीप सिकेर स्वरोजगार बन्न चाहने युवाहरूका लागि पनौती प्राविधिक शिक्षालयले निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। शिक्षालयले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत कार्यक्रम तथा बजेटअनुसार दुई विधामा ४० जनालाई तालिम दिन आवेदन खुलाएको हो।

शिक्षालयले मोटरसाइकल सर्भिस मेकानिक तह–१ र लाइट भेहिकल सर्भिस मेकानिक तह–१ सम्बन्धी तालिम सञ्चालन गर्न लागेको हो। दुवै तालिममा २०/२० जनाको कोटा निर्धारण गरिएको छ।

६४ दिन अर्थात् ३५० घण्टाको अवधिमा सञ्चालन हुने तालिममा सहभागी हुन १६ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। यसका लागि सामान्य लेखपढ गर्न सक्ने योग्यता तोकिएको छ।

इच्छुक व्यक्तिले दुई प्रति पासपोर्ट साइजको फोटो र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित मंसिर २२ गते मंगलबारसम्म पनौती प्राविधिक शिक्षालयमा दरखास्त बुझाउनुपर्नेछ।

आवेदकहरूको अन्तर्वार्ता मंसिर २८ गते सोमबार बिहान १०ः३० बजेदेखि शिक्षालयमै सञ्चालन हुनेछ। तालिममा सहभागी हुन राष्ट्रिय सीप परीक्षण समितिबाट कुनै पनि पेशासम्बन्धी तह–१ को सीप परीक्षणमा सहभागी नभएको हुनुपर्ने सूचनामा उल्लेख छ।

तालिममा उपस्थित भएको दिन सहभागीलाई प्रतिदिन ५० रुपैयाँका दरले खाजा खर्चसमेत उपलब्ध गराइनेछ।

थप जानकारीका लागि पनौती प्राविधिक शिक्षालयको फोन नम्बर ०११–४४०२५० वा ९८५१३३०२६८ मा सम्पर्क गर्न सकिनेछ। शिक्षालयको वेबसाइट www.pts.edu.np र इमेल panautits@gmail.com मार्फत पनि जानकारी लिन सकिनेछ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







ताजा समाचार सबै

लोकप्रिय समाचार