Friday, 28th August, 2026
वि.स.

राप्रपा मकवानपुरको अधिबेशन फाल्गुन २९ गते

RPP-1611671554.jpg

राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिबेशन आगामी फाल्गुन २९ गते गर्ने निर्णय गरिएको छ । १३ माघमा हेटौंडामा बसेको जिल्ला कार्य समितिको बिस्तारित बैठकले उक्त निर्णय गरेको हो। बैठकले निर्बाचन प्रयोजनको निमित्त जिल्ला नेता गोपि प्रसाद न्यौपानेको संयोजकत्वमा जिल्ला निर्बाचन समिति समेत गठन गरेको छ ।

जिल्ला अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले पार्टी र बिचारलाई स्थापित गर्नको निमित्त संगठन केन्द्रित हुनुपर्नेमा जोड दिए । काङ्ग्रेस र कम्युनिस्टको बिचार र उनिहरुले अबलम्बन गरेको मार्गबाट मुलुक समस्याको दलदलमा भासिएको, बिदेशी चलखेल,बेरोजगारी ,भ्रष्टाचार ,सर्बसत्ताबाद र धर्मनिरपेक्षता बढेको भन्दै बर्तौलाले राप्रपालाई मुलुकको बैकल्पिक शक्ति बनाउनु पर्ने बताए।

सकृय सदस्यता अभियानलाई प्रभाबकारी रुपमा संचालन गर्नुपर्नेमा जोड दिदै बर्तौलाले राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्दै मुलुकलाई बनाउने र बचाउने अभियान पार्टीले शुरु गर्नुपर्ने आबश्यकता औल्याए । बैठकमा केन्द्रिय सदस्यहरु नबराज बिष्ट,बालकृष्ण कार्की, राम थोकरले अधिबेशनलाई अर्जुनदृष्टिका साथ अगाडि बढाउनु पर्ने बताए ।

बैठकमा जिल्ला कमिटीका पदाधिकारी सदस्य,क्षेत्र,नगर,गाउँ पालिका,जनबर्गिय संगठन र नगर भित्रका वडाका अध्यक्षहरुको सहभागीता रहेको नगर अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए। यस पटक पार्टीको महाधिवेशन प्रतिनिधि सकृय सदस्यको आधारमा तय हुने हुदा तल्लो तहदेखी नै सकृय सदस्यता बितरण अभियानलाई प्रभाबकारी रुपमा संचालन गरिने युबा संगठन हेटौंडा अध्यक्ष भृगु कार्किले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif