Friday, 28th August, 2026
वि.स.

राप्रपा थाहानगरको अध्यक्षमा रायमाझी (हेर्नुहोस नगर समितिका नामावली)

Nabin-1615218166.jpg

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थाहानगरको नगर परिषदले नवीन रायमाझीलाई अध्यक्षमा निर्वाचित गरेको छ । रायमाझी नगर अध्यक्षमा सर्वसम्मत भएका हुन् । 

थाहा नगरपालिकाको शिखरकोट स्थित शंकर होटलमा भएको परिषदले थाहानगरमा २९ सदस्यीय नगगर समिति चयन गरेको छ । राप्रपा कार्य सम्पादन समितिका सदस्य राजाराम बर्तौलाको प्रमुख आतिथ्यमा भएको परिषद्ले नगर उपाध्यक्षमा केशर थिङ, राममायाँ लामा र रामहरि भट्ट, सचिव राधाकृष्ण विष्ट, कोषाध्यक्ष पुन्यमान बलामी, सहसचिव सुरेन्द्र तामाङलगायत छन् । 

कार्यक्रमको अवसरमा प्रमुख अतिथि तथा केन्द्रिय कार्य सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले राप्रपा आगामी निर्वाचनमा निर्णायक शक्ति बनेर उदाउने दाबी गरेका छन् । थाहानगर समितिको परिषद् बैठकलाई सम्बोधन गर्दै बर्तौलाले बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउन युबा पुस्ता अघि सर्नुपर्नेमा जोड दिए । उनले काँग्रेस र कम्युनिस्टको अदुरदर्शिता र असफलताबाट मुलुकले मुक्ति खोजेको चर्चा गरे । 

कार्यक्रममा राप्रपा मकवानपुरका नेताहरु गुन्जन बहादुर न्यौपाने , गुरु प्रसाद सापकोटा , शम्भुभक्त श्रेष्ठ, अर्जुन केसी , चन्द्रप्रसाद ढुंगाना लगायतले बोलेका थिए।

हेर्नुहोस नगर समितिका नामावली:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif