Monday, 24th August, 2026
वि.स.

रञ्‍जन कोइराला प्रकरणको पुनरावलोकनमा आइतबार सुनुवाइ

ranjan-koirala-1595672051.jpg

पत्‍नी हत्याको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रञ्‍जन कोइरालालाई सजाय घटाएर उन्मुक्ति दिने फैसलाविरुद्धको पुनरावलोकनमा सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुने भएको छ। 

पहिलो चरणमा सर्वोच्च अदालतका तीनजना न्यायाधीशको च्याम्बरमा यसको सुनुवाइ हुनेछ। आइतबार यो सुनुवाइमा फैसला गर्ने न्यायाधीशहरु संलग्‍न हुन नपाउने व्यवस्था छ। तीन न्यायाधीशले बसेर अध्ययन गरेपछि इजालसमा सुनुवाइका लागि अनुमति दिने कि नदिने भन्‍ने टुंगो लाग्‍ने छ। तीन सदस्यीय बेन्चले निस्सा दिएको खण्डमा सुनुवाइ प्रक्रिया अगाडि बढ्छ र इजालस तोकिने छ। 

श्रीमती हत्या कसुरमा सर्वस्वसहित कैद भोगिरहेका रञ्जन कोइरालाको सजाय सर्वोच्च अदालतले घटाइ दिएपछि उनी साउन ८ गते  छुटेका हुन्। 

काठमाडौँ जिल्ला अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैद गरेको सजायलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०७२ मंसिर २३ गते सदर गरेको थियो।उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत असार १५ गते कोइरालालाई तोकिएको सजायमा भारी छुट गर्दै ८ वर्ष ६ महिनामा झारिदिएको थियो।

कोइराला जेलमु्क्त भएको केही घण्टामै महान्यायाधीवक्ता कार्यालयले सजाय छुट दिने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साविक मुलुकी ऐन अ।ब। १८८ नम्बरले दिएको स्वविवेकीय अधिकारको दुरुप्रयोग गरी कोइरालाई सजायमा ११ वर्ष ६ महिना छुट दिएको छ।

कोइरालाई उन्मुक्ति दिनका लागि गीताको मृ्त्युलाई भवितव्यको परिणामका रुपमा  व्याख्या गरिएको छ।सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्न जाने ‘चित्तमा’लागेकोले सजाय घटाइएको उल्लेख छ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif