nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यो पटक मकवानपुरमा एमालेकै मन्त्री बन्लान त?

mahesh1-1672127674.jpg

२०४८ सालको आम निर्वाचनपछिका धेरै चुनावमा मकवानपुरबाट नेकपा एमालेका तर्फबाट सांसद विजयी भएका छन् ।  तर, दुर्भाग्य, अहिले सम्म एमालेले मकवानपुरबाट बिजयी भएका सांसदलाई संघीय मन्त्री बनाएको छैन ।

मकवानपुर आएर हरेक चुनावमा एमालेका केन्द्रीय स्तरका नेताहरुले मन्त्री बनाउँछौं भनेर भाषण गर्ने गरेका छन् । तर, यस जिल्लाले तीन दशकको अवधिमा संघीय सरकारमा एक जना पनि मन्त्री प्राप्त गर्न सकेको छैन ।

यो पटक मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा एकिकृत समाजवादीका केन्द्रीय नेता र पाँच पटक सांसद समेत भएका बिरोध खतिवडालाई पराजित गरेर मकवानपुर क्षेत्र नम्बर–२ बाट महेश कुमार वर्तौला सांसदमा विजयी हुनु भएको छ । पटक–पटक सांसद भएका खतिवडालाई पराजित गर्न सक्ने नेताका रुपमा जिल्लासंगै देशैभरी बर्तौलाको अहिले पनि निकै चर्चा छ ।

२०४८ साल देखि अहिले सम्मको तीन दशकको अवधिमा मकवानपुरका सांसदले केन्द्रमा मन्त्री नपाउँदा यहाँको विकासमा सहयोग नपुगेकाले अब भने एमालेबाट यस जिल्लाले मन्त्री पाउनुपर्ने आम मतदाताहरुले माग पनि गरिरहेका छन् ।

एमालेबाट २०४८ साल देखि संघीय सांसदका रुपमा बिरोध खतिवडा, कृष्ण प्रसाद दाहाल, हिरण्यलाल श्रेष्ठ, बिरबहादुर लामा, अनन्त प्रसाद पौडेल, सुवास ठकुरी, राजाराम स्याङतान लगायतका नेताहरु सांसद भएका छन् । तर, कुनैपनि सांसदलाई एमालेले मन्त्री बनाएको छैन । अब भने जिल्लाले न्याय पाउनुपर्ने यहाँका एमालेका नेता, कार्यकर्ता र आम नागरिकको माग छ ।

राष्ट्रिय राजनीतिमा मकवानपुरले पटक–पटक सांसद जिताएर पठाएकाले यस जिल्लाले संघीय मन्त्री पाउनुपर्ने एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना बताउनु हुन्छ । तीन दशकको अवधिमा धेरै जना सांसदलाई विजयी गराएर पठाए पनि मन्त्रीको भुमिका नपाएकाले अब भने जितेका सांसदलाई मन्त्री बनाउनुपर्ने रानाले वताउनुभयो ।

मंसिर ४ गतेको चुनाबमा बिरोध खतिवडालाई ४ हजार ५ सय २० मतले पराजित गरेर एमालेबाट बर्तौला विजयी हुनु भएको हो । जिल्लाको क्षेत्र नम्बर–२ मा स्थानीय तहको निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने करिब २४ हजार मतले तत्कालिन गठवन्धनका उम्मेदवार खतिवडा भन्दा एमालेका बर्तौला पछाडि हुनुहुन्थ्यो । तत्कालिन पाँच दलिय गठवन्धनलाई पराजित गरेका एमालेका युवा नेता वर्तौला राजनीति शास्त्रमा एमफिल, पिएचडी अध्ययनरत हुनुहुन्छ ।

एमालेका बागमती प्रदेश कमिटीका उपसचिब समेत रहनु भएका बर्तौला २०६२–२०६३ सालको आन्दोलनमा युवा बिद्यार्थीको आन्दोलनको नेतृत्व गरेर सडकमा उत्रदा ११ पटक प्रहरी हिरासतमा पर्नु भएको थियो । अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष समेत बन्नु भएका बर्तौलालाई यो पटक संघीय मन्त्री बनाउनुपर्ने यहाँका एमालेका कार्यकर्ताको माग छ ।

अहिलेको मन्त्रीपरिषद्मा धेरै युवा नेताहरु मन्त्री बनीरहँदा बर्तौला पनि सक्षम र योग्य भएकाले एमालेले न्याय गर्नुपर्ने माग उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संघीय सरकारको उपप्रधान तथा गृहमन्त्री बनीरहँदा बर्तौलालाई कुनैपनि मन्त्रालय दिएर भनेपनि सरकारको मन्त्रीपरिषद्मा लैजानुपर्ने नागरिकको माग छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)