nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

युवा नेता मैनालीद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

RAJ-1632465637.jpg

नेपाली कांग्रेसका युवा नेता राज मैनाली ‘दिनेश’ले नेपाली कांग्रेसका १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत् मकवानपुर संघीय क्षेत्र नम्बर–२ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् ।

हेटौंडा–१, चौकीटोल निवासी मैनाली पछिल्लो समय कांग्रेसका युवा वृत्तमा लोकप्रिय छन् । ‘कांग्रेस नेपाली जनताको हरेक परिवर्तनका साक्षी हो । पछिल्लो समय पार्टीमा बढ्दो गुटबन्दीको अन्त्य गर्न युवाहरु नेतृत्वमा आउन जरुरी रहेको छ । त्यसकारण मैले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको हु“ ।’, युवा नेता मैनालीले आफू निर्वाचित भएस“गै पार्टीभित्र युवाहरुलाई सहि स्थानमा नेतृत्व प्रदान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले मकवानपुर जिल्लामा कांग्रेसको प्रभाव बढिरहेको अवस्थामा पार्टीप्रति आस्था राख्ने सक्षम  युवाहरुलाई समेट्न पनि आफू नेतृत्वमा आउन जरुरी रहेको औंल्याए । ‘जिल्लामा कांग्रेसको प्रभाव बढिरहेको छ । नजिकि“दै गरेको स्थानीय तह, प्रदेश र संघीय निर्वाचनबाट युवाहरुलाई राजनीतिकको मूल धारमा ल्याउन पहल गर्नेछु ।’, मैनालीले पार्टीभित्रको गुट, उपगुटको अन्त्य गर्दै कांग्रेसलाई स्वच्छ र एकढिक्का बनाएर अगाडि बढाउन उम्मेदवारी घोषणा गरेको बताए ।

‘राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता हाम्रो पार्टीको मूल नारा हो । हामी युवाहरु यसै नारालाई आत्मसाथ गर्दै अगाडि बढ्न जरुरी रहेको छ । पार्टीभित्र पछिल्लो समय सिद्धान्तभन्दा व्यक्ति बढी हावी भइरहेको छ । त्यसकारणले गर्दा यस अधिवेशनबाट सवल र सक्षम युवाहरु नेतृत्वमा आउनु आवश्यक रहेको छ ।’, उनले भने ।
मैनाली निर्माण व्यवसायी हुन् । उनी निर्माण व्यवसायी संघ मकवानपुरका निर्वाचित सदस्य समेत रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)