nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

यी कारणले पनि निन्द्रा लाग्दैन

प्राय मानिस निन्द्रासँग सम्बन्धित समस्याबाट पीडित हुने गरेको पाइन्छ । निन्द्रा नलाग्दा टाउको भारी हने र शरिर आलस्य हुने गर्छ । पर्याप्त नसुत्दा विभिन्न रोग लाग्ने गर्छन् । विज्ञहरुका अनुसार यी कारणले निन्द्रा लाग्दैनः

कफीको कुलतः कफीमा हुने क्याफिन नाम गरेको तत्वले निन्द्रा लाग्नबाट रोक्छ । कफीजन्य पदार्थले दिमागलाई उत्तेजित बनाउने र राती लामोसमय सम्म सक्रीय बनाउने भएकोले सुत्ने बेलामा सकभर कफी खानुहुन्न ।

चम्किलो बत्ती: निन्द्रा नलाग्नुको अर्को मुख्य कारण बत्ती बालेर सुत्नु पनि हो । बत्ती बालेर सुत्दा दिउसाको जस्तो  वाताबरण देखिने भएकोले बत्ती निभएर सुत्दा गहिरो निन्द्रा लाग्छ । बत्ती निभाएर सुत्दा आँखामा शितलता महशुस हुन्छ ।

टेलिभिजन हेर्ने वा गफिनेः दिउसभरको काम र थकानपछि बेडमा जानुअगाडि टेलिभिजन हेर्ने वा साथीसँग गफ गर्ने बानी हुन्छ । तर सुत्नेबेलामा गफिनु वा टिभी हेर्नु भन्दा आफूलाई मन पर्ने पुस्तक पढेर आनन्द लिनुपर्छ ।

सुत्नुअगाडि मदिरा पिउनेः कोही कोही मानिसको राती सुत्नुअगाडि मदिरा पिउने आदत हुन्छ । मदिराले निन्द्रामा गम्भीर अशरगर्ने भएकोले सुत्ने बेलामा पिउनुहुदैन । सुत्नेबेलामा मदिरा पिउदा इन्सोमेनियाको खतरा बढाउँछ ।

खाना र निन्द्राबीचको  ग्यापः डिनर लिने र सुत्ने समयबीच कम्तिमा दुई घन्टाको अन्तर हुनुपर्छ । खानेवित्तिकै सुत्दा पाचन प्रणालीमा असर गर्ने र सुत्ने शैलीमा अशसर गर्छ ।

बिबाद र झगडाः सुत्ने बेलामा बिबाद वा झगडा भएमा पनि निन्द्रामा असर गर्छ । तनाबग्रस्त अवस्थामा सुत्दा मुड खराब हुनुको अतिरिक्त शरिरमा हर्मनको सन्तुलन पनि विग्रन्छ

चर्को गीत संगीतः सुत्नु अगाडि चर्को गीत संगीत सुत्दा पनि तपाईको दिमागमा असर गर्ने र सुताइको प्रवृत्तिलाई नै अशर गर्छ । सुत्ने बेलामा गीत संगित सुन्ने बानी छ भने दिमागलाई शान्त बनाउने सफ्ट म्युजिक सुन्नुहोस् ।

धेरै खाने वा खाली पेट सुत्नेः खाली पेट सुत्दा र अध्यधिक खानेकुरा खाएर सुत्दा पनि  निन्द्रामा अशर गर्छ । कतिपय खानेकुराले निन्द्रामा गहिरो अशर गर्ने भएकोले दिमागलाई शान्त र आनन्द प्रदान गर्ने खानेकुरा खानुपर्छ ।

स्रोत : दी हेल्थसाइटडटकम