Saturday, 15th August, 2026
वि.स.

यि हुन् ‘थाहा गोल्डकप–२०७७’ का उत्कृष्ट खेलाडीहरु

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भएको ‘थाहा गोल्डकप–२०७७’को उपाधि ग्याङस्टार युवा क्लब कैलाश गाउँपालिकाले हात पारेसंगै उत्कृष्ट खेलाडीहरु पनि घोषित भएका छन् । प्रतियोगितामा इन्द्रसरोवर ग्याङस्टारको एक गोलको सामनासंगै दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । 

प्रतियोगितामा उत्कृष्ट गोलकिपर इन्द्रसरोवर गाउँपालिका टिमका मनोज वाइवा घोषित भए । प्रतियोगितामा ग्याङस्टारका दिपक थापा, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट खेलाडी रूपेश अधिकारी घोषित भए । प्रतियोगिता अवधिभर सबैभन्दा बढि गोल गर्ने आयोजक ऋषेश्वर ११ क्लबका लक्ष्मण शाही र शुभराज गोले उदियमान खेलाडी घोषित भए । उत्कृष्ट खेलाडीहरुलाई नगदसहित ट्रफी वितरण गरिएको थियो । 

प्रतियोगितामा विजयी टिमले नगद १ लाख, शिल्ड मेडल तथा प्रमाणपत्र पाएको छ भने दोस्रो हुने इन्द्रसरोवरले नगद ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ । विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा थाहानगर प्रमुख लवशेर विष्टले पुरस्कार वितरण गरेका थिए । 

ऋषेश्वर ११ को आयोजना तथा थाहा नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको पुरस्कार वितरण समारोहमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, नेकपा थाहा बागमती प्रदेश सचिवालय सदस्य विष्णु विष्ट ‘आदर्श’, नेपाली काँग्रेस थाहानगरका उपाध्यक्ष भरत गोपाली, नेकपाका नेता राजु नापित, श्यामभक्त श्रेष्ठ, विमल कुमार ढकाल, बैक तथा वित्तिय संस्था र स्थानीय संघसंस्था अनि राजनीतिक दलका प्रतिनीधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

सुमन विष्टको संयोजकत्वमा २४ पुसबाट शुरु भएको प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रम ऋषेश्वर ११ का अध्यक्ष रामकुमार खत्रीको सभाध्यक्षतामा भएको हो । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif