nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यि हुन् थाहा गोल्डकपको २७ पुसको विजयी टिम

Games-1610378638.jpg

आयोजक (ए) र विसिङ्खेल विजयी

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी थाहा गोल्डकप अन्तर्गत दोस्रो २७ पुसमा भएको खेलमा दुई टिम विजयी भएका छन् ।  

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आयोजक ऋषेश्वर ११ ‘ए’ मालेडाँडा युवा क्लब आग्रालाई ४–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै दोस्रो खेलमा विसिङ्खेल युवा क्लब चित्लाङले टु इन वान टाहाखेललाई २–० गोल अन्तरले पराजित गरेको छ । 

विनयबाबु पालुङ विजयी

थाहा गोल्डकप अन्तर्गत २७ पुसमा भएको खेलमा विनयबाबु स्मृति प्रतिष्ठान विजयी भएको छ ।   विनयबाबुले  न्युरेनी युवा क्लब हेटौंडालाई १–० गोल अन्तरले पराजित गरेको हो । 

इन्द्रसरोवर र जे.सी.आई नौबिसे विजयी

इन्द्रसरोवर गाउँपालिका र जे.सी.आइ. नौबिसे विजयी भएको छ । इन्द्रसरोवर गाउँपालिकाले दिपशिखा नैकापलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो भने जे.सी.आइं. नौबिसेले बागवत्सला धादिङलाई ट्राइबेकर मार्फत ३–२ गोल अन्तरले पराजित गरेको थियो ।    

नकआउटको आधारमा खेलाइएको प्रतियोगिता थाहा नगरपालिकाको प्रायोजन तथा ऋषेश्वर ११ क्लब थाहा–४ ले आयोजनामा भएको हो । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ । 

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपियाँ नगद तथा दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ, शिल्ड, मेडल तथा पुरस्कार रहेको आयोजक ऋषेश्वर ११ का सुमन विष्टले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)