nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

यस्ता छन् एमाले थाहानगरका वडाध्यक्ष उमेद्वारहरु

यहि ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नकपा एमाले मात्र त्यस्तो पार्टी हो जसले मकवानपुरको थाहा नगरपालिकाको सबै ६२ वटै पदमा उमेद्वारी दिएको छ । यद्यपी अहिले सरकारमै रहेको देशकै ठूलो पार्टी नेकपा माओवादी केन्द्रले पनि सबै पदमा उमेद्वारी दिएको छैन । 

कस्ता छन् त थाहा नगरपालिकाका विभिन्न १२ वडा सचिवहरु जान्नको लागि पढ्नुहोस् ।
 

वडा नम्बर १
धर्मलाल प्रधान

थाहा नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदका उमेद्वार धर्मलाल प्रधान हुन् । ४३ वर्षिय अध्यक्षका उमेद्वार प्रधानले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । उमेद्वार प्रधान वडा नम्बर १ जन्मेर सामाजिक कार्यमा लगनशील व्यक्तित्व हुन् । अध्यक्षका उमेद्वार प्रधान नेकपा एमालेको वडा कमिटि सदस्य हुन् ।

वि.सं. २०६७ सालदेखि वि.सं. २०७१ सालसम्म नेकपा एमाले पालुङ गाँउ कमिटी अध्यक्षको पद सम्हालेका प्रधानले पार्टीको अरु विभिन्न पद तथा जिम्मेवारीमा रहेर कार्य सम्पादन गरिसकेको छन् । उनी वडा नम्बर १ मा अब्बल उमेद्वार ठहरिएकाछन् । पार्टीगत रुपमा अन्य पार्टीलाई पनि सकारात्मक रुपमा हेर्ने उमेद्वार प्रधानलाई अन्य पार्टीमा प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा लागेकाहरुले पनि वडाको सामाजिक र सबैको उमेद्वारको रुपमा लिएकाछन् । 

उमेद्वार सामाजिक प्रधानले सामाजिक रुपमा पनि उत्तिकै योगदान दिएकाछन् । उनी झम्केश्वरी मावि विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष, थाहानगर उद्योग वाणिज्य संघको कार्य समितिको सदस्य, पालुङ जेसिजको पुर्व अध्यक्ष हुन् । उनी अहिले सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सचिव, सामुदायिक सेवा केन्द्र दामन पालुङको सचिवलगायतको पदमा रही सामाजिक कार्य सम्पादन गरिरहेका व्यक्तित्व हुन् । 


वडा नम्बर २
गुप्त बहादुर कार्की

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षका उमेद्वार गुप्त बहादुर कार्की हुन् । गाउँ टोलको विकास कार्यमा सँधै प्रतिवद्ध हुने स्वभावका उमेद्वार कार्की सबैले रुचाएका व्यक्ति हुन् । विकासलाई सँधै सकारात्मक रुपले लिने उमेद्वार कार्की सहयोगी र सद्भाव राख्ने व्यक्तित्वको रुपमा चिनिन्छन् । 

एसएलसीसम्म अध्ययन गरेका ५२ वर्षिय उमेद्वार कार्कीको पाण्डुकेश्वरको सामुदायिक भवन निर्माण, ईन्द्रायणी मोटर बाटो निर्माण, भद्रतिर्थ मन्दिर निर्माणलगायतका थुप्रै विकास कार्य गर्न संलग्ता रहेको छ । गाउँका धेरै सामाजिक काममा नेतृत्व लिएर काम गरिरहेका अध्यक्षका उमेद्वार कार्की मनजित्ने उमेद्वारको रुपमा परिचित छन् । गाउँमानागरिकसंग प्रत्येक्ष सरोकार राख्ने किसिमको विकास कार्य गर्ने अध्यक्ष कार्कीको योजना छ । 

वि.सं. २०५० सालले बिगारेको फेदिगाँउको संरचना पुर्ननिर्माण, फेदीगाँउलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने, सडक, कृषि, स्वस्थ्य, यातायात, शिक्षा लगायतका विभिन्न क्षेत्रमा विकास गर्ने उमेद्वार कार्कीको आगामि योजना छ ।  एमाले वडा अध्यक्ष उम्मेदवार कार्की वडा कमिटि सदस्य पदका व्यक्तित्व हुन् । 


वडा नं. ३
कुमार नेगी

कुमार नेगी, थाहा नगरपालिकाकै महत्वकासाथ हेरिएको वडा अध्यक्षका उमेद्वार हुन् । उमेद्वार नेगीले थाहा नगरपालिका नम्बर ३ बाट अध्यक्षको उमेद्वारी दिएकाछन् । सफल र दीगो विकासका अधार बुझेका अध्यक्षका उमेद्वार नेगी दीगो विकास अवधारणाका प्रशिक्षक र योजनाकार समेत हुन् । सहभागितामुलक विकास सफल र दीगो हुने धारणा भएका अध्यक्ष नेगीले नेकपा एमालेको तर्फबाट अध्यक्षमा उमेद्वारी दिएकाछन् । 

मुलुक र तिनको समुदायको विकासका साँझेदारहरुसंग लामो समय कार्य सम्पादन गरेका उमेद्वार नेगी सामाजिक परिचालन संयोजक, साामुदायिक विकास कार्यक्रम संयोजक, संरक्षण कार्यक्रम संयोजक, नगरपालिकाको सार्वजनिक सुनुवाई विज्ञ, एकीकृत योजना तर्जुमा समितिको सदस्यलगायतका थुप्रै विकास कार्यमा प्रत्येक्ष सहभागिता जनाई कार्य गरेको अनुभव छ । दीगो विकासका क्षेत्रमा कतिपय ठाउँमा उनी विज्ञको हैसियतले समेत काम गरेको अनुभव अध्यक्ष नेगीसंग छ । गैर सरकारी संस्था महासंघ मकवानपुरका सचिव समेत रहेका  नेगी गैरसरकारी संस्थामार्फत् नगरपालिकामा श्रोत भित्र्याउन सफल हुने व्यक्तित्वको रुपमा चिनिन्छन् । १५ वर्ष भन्दा बढी शिक्षण सेवा गरेका उनले विद्यालयदेखि कजेजसम्म अध्यापन गरेको अनुभव छ । उने नेपाल पत्रकार महासंघका केन्द्रीय पाषर्द भइसकेका छन् भने आदिवासी जनजाति पत्रकार महासंघका मध्यामाञ्चल संयोजक हुन् । 

नेकपा एमाले थाहानगर संगठन कमिति सदस्य, जिल्ला पार्टी प्रचार विभाग सदस्य, सचिवालय सदस्य समेत भएका नेगी सामाजिक रुपान्तरण र विकासका लागि प्रतिवद्ध व्यक्तित्व हुन् । उनी नगरकै सबैभन्दा बढि शैक्षिक योगयता भएका उमेद्वार हुन् । उनले राजनीति शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । 

कुनै पनि व्यक्तिलाई वडा कार्यालयमा सेवा लिन आउँदा आफै, कसैको सहयोग नलिई सिधै कार्यालयमा आउन सक्नेगरी सक्षम बनाइने अध्यक्ष नेगीको योजना छ । कुनै पनि बालबालिका विद्यालय जानबाट बन्चित हुन नदिन छात्रवृत्तिको व्यवस्था गरिने, वडा भित्रको निजी घर तथा घर परिवारको लगत राख्ने, ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, सार्वजनिक भवन, सार्वजनिक, ऐलानी, पर्ति जग्गाको लगत राख्ने, खुला क्षेत्र, चोक, घाट, पाटी, मन्दिर, गुम्बा, चर्च, मश्जिद, पोखरी, ढुंगे धारा, कुलो, गुठीघर, पुलपुलेसो, बाटो, सडक, आदिको तथ्याङ्क संकलन गरी वडाको सम्पूर्ण विवरण समेटिएको पुस्तक तयार पारिने छ, यसलाई वर्षै पिच्छे समीक्षा गरिने छ र यसैको आधारमा वडाको विकास योजना बनाइनेछ । आफ्नो गाउँ आफै बनाऔं कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गरिने योजना छ ।

८० वर्ष नाघेका बुबाआमाहरुलाई मासिक रुपमा वडा कार्यालयको तर्फबाट ‘पौष्टिक आहार प्याकेट’ प्रत्येक परिवारमा कम्तिमा एक सदस्यलाई रोजगार, वडास्तरमा एउटा स्वास्थ्य चौकीको स्थापना, कालाभैरव, इन्द्रायणी चौर, घट्टेचौर लगायत सार्वजनिक जमिन तथा भवनहरुलाई व्यवस्थित गर्न उपयुक्त कदम चालिने, ूक्षय नियन्त्रणका लागि तटबन्धन, बायोइन्जिनियरिङ लगायतको कामलाई अघि बढाइनेलगतयतका दर्जानौ योजना सार्वजनिक गरेका छन् । 

गैर सरकारी संस्था पिस नेपालका संस्थापक अध्यक्ष उमेद्वार नेगी, आइडिया नेपाल, राष्ट्रिय युवा संजा, गैर सरकारी संस्था महासंघ मकवानपुर, लायन्स क्लब अफ थाहानगर, पालुङ जेसीजलगायतको सामाजिक संघसंस्थामा आवद्ध छन् । उनी उत्तरी मकवानपुरमा पत्रकारिताको अग्रज हुन् । अहिले पनि अध्यक्षका उमेद्वार नेगी राजधानी दैनिकको जिल्ला संवाददाता, विकासखबर डट.मम., विकास खबरपत्रिका साप्ताहिकलगतयतका संचार माध्यमहरुमा पनि आवद्धछन् । 

वडा नं. ४
अच्युत के सी खत्री

नेकपा एमालेको तर्फबाट थाहा नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा अच्युत केसी खत्रीले उमेद्वारी दिएका छन् । थाहा नगरपालिकाको किटेनी निवासी अध्यक्षका उमेद्वार खत्री सबैको हितमा साँझ विहान नभनी सामाजिक सेवामा खटिने व्यक्ति हुन् । विनासकारी भुकम्पबाट पीडित भएकाको लागि लागि होस् वा गाउँटोलमा हुने अन्य सामाजिक कार्यमा उनी उत्तिकै सहयोगी व्यक्तित्वको रुपमा चर्चा कमाएका व्यक्ति हुन् ।

चाहेका कुरा बोल्ने जनताको हितमा काम गर्ने व्यक्तिका रुपमा अध्यक्षका उमेद्वार खत्रीलाई चिनिन्छ । ५० वर्षिय खत्रीले एसएलसी गरेका छन् ।  गाँउमा विभिन्न विकासका कार्यमा संलग्न भई खानेपानी योजनाको विस्तार, सडक निर्माण कार्य उनकै नेतृत्वमा भएको हो । उनले थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माण भएका सबै सडक ट्रयाकलाई स्तरी करण mगरी हिउँद वर्षमा सजिलै सवारी साधन आवत जावत गर्न सक्ने गरी निर्माण गर्ने योजना छ ।

अध्यक्षका उमेद्वार खत्रीले सडकको स्तर उन्नतीमा जोड, शिक्षा, स्वस्थ्य, यातायातलगायतका विभिन्न क्षेत्रमा विकास गर्ने, युवा स्वरोजगार अवसरको श्रृजना, लक्षित वर्गको जिवन स्तरउन्नतीको लागी काम गर्ने उनको योजना रहेको छ । 

नेकपा एमाले वडा अध्यक्ष उम्मेदवार  अहिले पार्टीको वडा कमिटि सदस्य हुन् । दामन गाविस ५ नम्बर इन्चार्ज, नेकपा एमाले थाहा नगर सदस्य पद सम्हालि सकेका छन् । उमेद्वार खत्री सहकारीको सदस्य, खानेपानी समितिको अध्यक्ष, नागरिक वडा मञ्चलगायतका सामाजिक संरचनामा रही सामाजिक काम गरिसकेका छन् । 


वडा नं. ५
विष्णु बहादुर गुरुङ

नेकपा एमालेले थाहा नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा विष्णु बहादुर गुरुङलाई उमेद्वार बनाएको छ । अध्यक्षका उमेद्वार गुरुङ ५ नम्बर वडाका उत्कृष्ट व्यक्तित्व हुन् । वडाको विकासका काममा राजनीतिक स्वाथृ भन्दा माथि उठेर काम गर्ने व्यक्ति विष्णु बहादुर गुरुङ नै हुन् । सबैलाई समान दृष्टिकोणले हेर्ने व्यक्तिको रुपमा परिचत अध्यक्षका उमेद्वार गुरुङलाई अध्यक्ष पदमा जिताउने वडाबास्ीको कसरत छ । 

वडामा रहेको विद्यालय भवन, पुल निर्माणलगायतका अन्य विकासका पूर्वधारहरुको निर्माण तथा दीगो व्यवस्थापनमा योगदान दिएका गुरुङले आफ्नो वडामा थुप्रै सामाजिक कार्यमा उल्लेखनिय योयदान दिएकाछन् । 

वडा कमिटि अध्यक्षको रुपमा नेतृत्व सम्हालिसकेका उमेद्वार गुरुङ नेकपा एमाले पार्टीको वडा कमिटि सचिवलगायतको विभिन्न संरचनामा रही पनि काम गरेका छन् । उमेद्वार गुरुङ साना किसान सहकारी संस्थाको सक्रिय सदस्य, वसन्त प्रावि व्यवस्थापन समितिको अध्यक्षलगतयको सामाजिक संरचनामा पनि सक्रिय रुपमा काम गरिरहेका व्यक्तित्व हुन् । 

.............................................................................................................................................................................

वडा नं. ६
शशीधर सुवेदी

शशीधर सुवेदी थाहा नगरपालिका वडा नम्बर ६ का नेकपा एमालेको तर्फबाट अध्यक्षका उमेद्वार हुन् । सामाजिक क्षेत्रमा लामो समय योगदान दिएका अध्यक्षका उमेद्वार सुवेदीको गाँउमा विभिन्न विकासका कार्यमा संलग्नता, खानेपानी योजनाको विस्तार, सडक निर्माण कार्यमा संलग्नता रहँदै आएको छ । 

शैक्षिक विकासका लागि सँधै प्रतिवद्ध हुने उमेद्वार सुवेदी विद्यालयको विकासमा योगदान रहेको छ । अन्तराष्ट्रिय समाजिक संस्था रेडक्रसमा रहेर पनि उनले सामाजिक कार्यहरु गरेका छन् । मकवानपुरलाई खुल्ला दिशामुक्त जिल्ला घोषणाको क्रममा बज्रवाराहीलाई नेपाल रेडक्रस सोसाइटीको पहलमा घोषणा भएको थियो । कुलेखानी जलाधार संरक्षण तथा विकास मञ्चमा समेत सक्रियताका साथ कार्य सम्पादन गरेका उमेद्वार सुवेदी जलाधार संरक्षण र अधिकारको सवालमा ज्ञाता मानिन्छन् । जलाधार आन्दोलन पश्चात् नै कुलेखानीको रायल्टी रकम यस क्षेत्रको विकासका लागि आउन थालेको हो । उमेद्वार शशीधर सुवेदीको वडामा खानेपानी योजनाको विकास तथा खानेपानीमा सम्पन्न वडा बनाउने, सिँचाई क्षेत्रमा विकास, कृषिमा आधुनिकिकरणमा जोड, सडकको ढलान गरी स्तरउन्नती गर्नेलगायतका दर्जनौ योजना रहेको छ । 

वडा अध्यक्ष उम्मेदवार सुवेदी वडा कमिटि सदस्यको रुपमा जिम्मेवारी सम्हालीरहेका व्यक्ति हुन् । वि.सं. २०४३ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटिको अध्यक्ष स्वच्छन्द्र भौरव माविबाट राजनीति थालेका सुवेदी वि.सं. २०४७ मा जिल्ला कमिटि सदस्य, वि.सं. २०४९, २०५१ स्थानिय निर्वाचन कमान्डर, २०५२ देखि २०६० बज्रबाराही गाँउ कमिटि सचिवको रुपमा कार्य सम्पादन गरिसकेका छन् । 

राजनीतिसंगै सामाजिक काममा क्रियाशील अध्यक्षका उमेद्वार सुवेदी पालुङ बहुद्धिश्य सहकारी संस्थाको कार्य समिति सदस्य, बज्रबाराही उच्च माविको व्यवस्थापन समितिलगायतको संरचनामा आवद्ध छन् । 


वडा नं. ७
काजीमान थिङ 

थाहा नगरपालिका वडा नम्बर ७ का समाजसेवी तथा विकासप्रेमी काजीमान थिङलालई नेकपा एमाले थाहा–७को वडाध्यक्षको उमेद्वार बनाएको छ । गाउँको सडक निर्माण होस् वा खानेपानी आयोजना जुनसुकै आयोजना निर्माणमा अग्रणी भूमीका निर्वाह गर्ने काजीमान अहिले ४३ वर्षका भए । 

अध्यक्षका उमेद्वार काजीमानले गाउँमा सडक निर्माण, खानेपानी योजनामा सहयोगलगायतका थुप्रै विकासे काम गरेका छन् । काजीमान एमालेको वडा कमिटी अध्यक्ष पनि हुन् । एमाले  क्षेत्रीय सदस्य, भुगोल विभाग इन्र्चाज, वडा कमिटि अध्यक्ष, गाँउ कमिटि सदस्य, गाँउ कमिटि उपाध्यक्षलगायतको पदमा रही योगदान गरिसकेका छन् । 

गाउँ टोलका विभिन्न समाजिक संस्थामा आवद्ध काजीमानको गाउँको सडक पिच गर्ने योजना छ । वडा कार्यालय हुदै धादिङ जोड्ने सडक निर्माण गर्ने उनको योजना छ । शक्तिखोला देखि चल्ती हुदैँ बसेरी सडक जोड्ने उनको भावी येजना हो । 

 

वडा नं. ८
डम्बर बहादुर लामा

नेकपा एमालेको तर्फबाट थाहा नगरपालिका वडा नम्बर ८ को अध्यक्षको उमेद्वार डम्बर बहादुर लामा हुन् । उच्च शिक्षामा राजनीति शास्त्र अध्ययन गरेका डम्बर गाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत, सामाजिक विकासका कार्यहरुमा सँधै प्रतिवद्ध भई कार्य गर्ने एक जिम्मेवार व्यक्ति हुन् । 
उनको अगुवाईमा गाउँमा सडक निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका विविध विकास कार्य भएकाछन् । नेकपा एमाले वडा कमिटी सदस्य पदमा रहेका उनी अहिले वडा अध्यक्षको उमेद्वार भएका हुन् । 

अध्यक्षका उमेद्वार लामा युवा संघ जिल्ला सदस्य, गाँउ कमिटिको वडा अध्यक्ष ३ पटक भइसकेका छन् । लामा वि.सं. २०५४ सालको जननिर्वाचित वडा अध्यक्ष समेत हुन् । आग्राको बुद्ध आधारभुत विद्यालयको अध्यक्ष, हिमशिखर बचत तथा ऋण सहकारीको सहसचिव, आग्रा स्वस्थ्य चौकीको व्यस्थापन समितिको सदस्यलगायतको सामाजिक पदमा रही सेवारत् छन् । 

वडा नं. ९
लक्ष्मण रेग्मी

साविक चित्लाङ गाविस अध्यक्षको जिम्मेवारी सम्हाली सकेका लक्ष्मण रेग्मी यस पटकको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको उमेद्वारी दिएका छन् । रेग्मी नेकपा एमालेको तर्फबाट अध्यक्षको उमेद्वारी दिएका छन् । 

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत, सामाजिक विकासका कार्यहरुमा उल्लेखनिय योगदान रेग्मीको अब्बल रहेको छ । चित्लाङको विकास कार्यमा महत्वपूर्ण योगदान दिएका रेग्मी चित्लाङमा क्रियाशील विभिन्न सामाजिक संरचनामा आवद्ध छन्। 

चित्लाङको खानेपानी योजनाको विकास तथा खानेपानी, सिँचाई क्षेत्रमा विकास, कृषिमा आधुनिकिकरणमा जोड, सडकको ढलान गरी स्तरउन्नती गर्नेलगायतका थुप्रै कार्य रेग्मीको अगुवाइमा भएकाछन् । नेकपा एमालेको वडा कमिटि सदस्यको रुपमा रहेका उनी अब वडाध्यक्ष हुँदैछन् । 

वडा नं.१०
हिरा बहादुर गमाल

नेकपा एमालेको तर्फबाट थाहा नगरपालिका वडा नं. १० मा हिरा बहादुर गमाल अध्यक्षको उमेद्वार भएका छन् । गाँउमा विभिन्न विकासका कार्यमा संलग्न हुँदै आएका अध्यक्ष गमाल खानेपानी योजनाको विस्तार, सडक निर्माण कार्यमा संलग्न क्रियाशील व्यक्तित्व हुन् । 

सडकको स्तर उन्नतीमा जोड, शिक्षा, स्वस्थ्य, यातायात, शिक्षा लगायतका विभिन्न क्षेत्रमा विकास गर्ने, युवा स्वरोजगार अवसरको श्रृजना, लक्षित वर्गको जिवन स्तरउन्नतीको लागी काम गर्दे कृषिमा आधुनिकिकरणमा जोड दिने उमेद्वार गमालको योजना छ । 

एमाले वडा कमिटि सदस्य पदमा रहेका गमाल ५६ वर्ष भए । एमाले गाविस उपाध्यक्ष भइ एकवर्ष सेवा गरेका उनले क्षेत्रिय संगठित कमिटिको सदस्य समेत भइसकेका छन् । गमाल सामाजिक विकासमा आधारित विभिन्न प्रकारका सामाजिक संघ सस्थामा आबद्ध छन् ।

वडा नं. ११
किरणमान बल

किरणमान बल युवा नेता हुन् । बल नेकपा एमाले थाहा–११ को वडा अध्यक्षका उमेद्वार हुन् । राजनीति शास्त्र मुख्य विषय अध्ययन गरेका किरणमान अहिले जम्मा ३६ वर्षका मात्र भए । बल गाँउमा विभिन्न विकासका कार्यमा संलग्न हुँदै आएकाछन् । गाउँमा खानेपानी योजनाको विस्तार, सडक निर्माण कार्यमा संलग्न, पुर्ननिमाणका कार्यमा योगदान पु¥याएका छन् । शिक्षा, स्वास्थ्य क्षेत्रमा अतुलनिय योगदान रहेको छ । 

टिष्टुङमा खानेपानीको राम्रो प्रबन्ध मिलाउने, सडकको स्तर उन्नती गर्ने, नयाँ बाटोको निर्माण, शिक्षा क्षेत्रमा विकास, पर्यटन नगरीको रुपमा विकास, कृषिमा आधुनिकिकरण, भएका श्रोत साधनलाई परिचालन गर्ने, सम्भावित क्षेत्रमा भ्वु टावरको विकास, युवाको लागी प्रत्येक वडामा खेल मैदानको विकास, पिकनिक स्र्पोटको निर्माण, रिङरोडको विकास, विद्युतको पँहुच पु¥याउनेलगायतका दर्जनौ योजना अध्यक्षका उमेद्वार किरणमान बलको योजना छ । 
बल एमाले वडा कमिटि सदस्य हुन् । उनले गाँउ कमिटि सचिव, टिष्टुङ गाविस अध्यक्ष, युवा संघमा आफूलाई अब्बल ठह¥याई सकेका छन् । उनी जुझारु युवा नेता हुन् । विकास केन्द्रको निरीक्षक, प्लान नेपालसंगको साँझेदारमा विकास कार्य, लामो समयसम्म गाविसको सर्वदलिय संयन्त्रमा कार्य सम्पादन, युवा संघको जिल्ला उपाध्यक्ष, युवा परिचालक, वि.सं. २०७० सालको क्षेत्रिय युवा कमान्डारको रुपमा समेत जिम्मेवारी सम्हालीसकेको छन् । 

वडा नं. १२
मान बहादुर स्याङ्तान

मान बहादुर स्याङ्तान नेकपा एमालेको थहाा नगरपालिकाको वडा नम्बर १२ को वडा अध्यक्षको उमेद्वार हुन् । टिष्टुङ शैक्षिक, कृषि तथा अन्य विकास अभियानका साँझेदारका रुपमा मानबहादुर जहाँ पनि पुग्ने व्यक्ति हुन् । टिष्टुङका धेरैजसो सामाजिक अभियानमा सक्रिय संघसंस्थामा लामा आवद्ध छन । गाउँमा सकारात्मक र सुधारात्मक कार्यमा जहिल्यै पहल गर्ने व्यक्तिको रुपमा उनी परिचित छन् । 

गाउँमा खानेपानी योजनाको विस्तार, बाटोघाटो सिँचाईलगायतको विकास कार्य गर्ने अध्यक्षका उमेद्वार स्याङ्तानको प्रतिवद्धता छ । एमालेको वडा कमिटि अध्यक्ष पद सम्हालेका लामा अहिले ६० वर्षका भए । एमाले क्षत्रिय सदस्य भइसकेका उनी विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् । 

-गणेश केसीको सहयोगमा



https://www.thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg