Friday, 28th August, 2026
वि.स.

म प्रधानमन्त्रीको दौडमा छैन : देउवा

ser-b-deuba-1615019359.jpg

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । शनिबार आफ्नै निवास बुढानीलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक ‘महाकाण्ड’को विमोचन कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन् ।

आफूहरुलाई विपक्षमा बस्ने जनताको म्याण्डेड भएको भन्दै उनले प्रधानमन्त्री बन्न नचाहेको दाबी गरे । ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्याण्डेड विपक्षमा बस्ने हो,’ उनले भने, ‘विपक्षी दलको नेता प्राइम मिनिस्टर इन वेइटिङ हो । तर म त्यसमा पनि छैन । मलाई प्रधानमन्त्री बन्ने लोभ, लालच छैन । मलाई यसमा लाग्नुपनि छैन ।’

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि सरकार गठनको रस्साकस्सी चलेको छ । आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपा प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको भएपनि कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरिसकेको छैन ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif