Monday, 24th August, 2026
वि.स.

मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

 मोवाइल चार्ज गर्ने क्रममा सप्तरीमा एक महिलाको बिहीबार करेन्ट लागेर ज्यान गएको छ ।

बोदे बर्साइन नगरपालिका-९ सिम्राहा निवासी ४० बर्षीया मिरकुनदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

करेन्ट लागेर सिकिस्त भएकी उनलाई उपचारका लागि बोदे बर्साइन ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०