Monday, 24th August, 2026
वि.स.

मृत्युको साता दिनपछि कोरोना पुष्टिः एक हजार मलामी तनाबमा

korona-1597225008.jpg

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ४ पलाँती निवासी पूर्वमन्त्री मोहनबहादुर बस्नेतका ८४ वर्षीय पिता खड्गबहादुर बस्नेतको मृत्यु भएको साता दिन पछि कोरोना संक्रमण भएको पुष्टिले जिल्लामा त्रास फैलिएको छ ।

२३ गते काठमाडौंमा मृत्यु भएका बस्नेतका पिताको शव अन्तिम संस्कारका लागि बाह्रबिसे ल्याइएको थियो । काठमाडौंको टिचिङ अस्पतालले मंगलबार मात्रै बस्नेतमा कोरोना संक्रमण भएको पुष्टि गरेपछि बाह्रबिसेमा बस्नेतको मलामीमा सहभागी भएका करिब १ हजार मलामीमा तनाव र त्रास फैलिएको छ ।

अस्पतालको जानकारी लगत्तै बाह्रबिसेको वडा नम्बर ४ सिल गरिएको बाह्रबिसे नगरपालिकाले जनाएको छ । मृतक बस्नेतको कन्ट्रयाक ट्रेसिङमा रहेकाहरुको स्वाब संकलन गर्ने तयारी भइरहेकोे स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०