Tuesday, 25th August, 2026
वि.स.

मुख्यमन्त्री सहितको टोलीबाट भीमफेदी-कुलेखानी सडक अनुगमन

Anugaman-1587359430.jpg

विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमलाइ सामना गर्दै निर्माण भइरहेको भीमफेदी–कुलेखानी मोटरबाटो बागमती प्रदेश सरकार अनुगमन गरेको छ ।

अनुगमनमा बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाआधार मन्त्री रामेश्वर फुयाल, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डाक्टर सहदेव बहादुर भन्डारी, भीमफेदी गाउपालिकाको अध्यक्ष हिदम लामा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल लगायतको टोलीले संघीय राजधानी काठमाडौबाट प्रदेशको राज्धानी हेटौंडा जोड्ने सबै भन्दा छोटो मार्ग सिस्नेरी कुलेखानी भीमफेदी हेटौंडा सडक खण्डको निर्माणाधिन भीमफेदी कुलेखानी सम्म्को करिब १६ किलोमिटर मोटरबाटोको अनुगमन गरेका हुन् । मोतिदान कन्ट्रक्सनबाट निर्माण भइरहेको सडकको फराकिलो गर्ने काम भइरहेको कम्पनिका प्रोजेक्ट म्यानेजर एस के ज्वाला कार्कीले बताए । कार्कीका अनुसार अब दश दिन जतिमा भीमफेदीदेखि कुलेखानीसम्मको अफ्ट्यारो ठाउँको कटिङ गरिसकिने छ ।

कोरोना भाइरस (कोभिड १९) को माहामारी बाट बच्नका लागि नेपाल सरकारले गरेको लकडाउनको पालना गरी घरमा बसिरहेका,सार्वजनिक यातायात बन्द भएको बेला यसलाइ अवसरको रुपमा लिएर निर्माणको काम अगाडी बढाइएको कार्कीले बताए । ‘एक वर्ष भित्रमा सडकलाइ चौडा पाँच मिटर आधाको पिच गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्नु छ ।’ कार्किले भने ।

कम्पनिका म्यानेजिङ डाइरेक्टर रामबहादुर गौतमले अहिले साइडमा नौ ओटा मेसिन चलिरहेको छ । ‘अब हामी तुरुन्तै बढी पावर भएको तीन वटा मेसिन थपेर निर्माणको कार्यलाइ अझ द्रुत गतिमा आगाडी बढाउँछौं । ’ म्यानेजिङ डाइरेक्टर गौतमले भने । निर्माणाधीन बाटोको अनुगमन तथा निरीक्षण गर्दै बागमती प्रदेसको मुख्यमन्त्री पौडेलले लक डाउनको बेलामा पनि भइरहेको निर्माण कार्यप्रति खुशी व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पौडेलले विश्व माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणको जोखिममा भाइरसबाट बच्नको लागि सुरक्षित हुन आग्रह पनि गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif