Wednesday, 21st January, 2026
वि.स.
23...-1768204900.jpg

मितेरी सहकारीले स्थापना दिवस मनाउने

मितेरी बचत तथा ऋण सहकारी संस्थाले १३ औँ स्थापना दिवस मनाउने भएको छ । सहकारीले आफ्नो स्थापनाको १३ औँ वसन्तमा प्रवेश गरेको अवसरमा स्थापना दिवस तथा वार्षिक साधारण सभा कार्यक्रम गर्ने भएको हो । कार्यक्रम यहि भदौ ७ गते शनिवारका दिन सञ्चालन गरिने आयोजकले जनाएको छ । सदस्यहरुको आर्थिक सक्षमताका लागि मितेरीमा आबद्धता भन्ने नाराको साथमा कार्य गर्दै आइरहेको सहकारीले स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम समेत गर्ने भएको छ ।


कार्यक्रममा सहभागी भै कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सहकारी प्रेमी, सदस्य तथा सरोकारवालाहरुलाई सहकारी सञ्चालक समितिले अनुरोध समेत गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०