nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

माले परित्याग गरि नयाँ शक्तिमा

नेकपा मालेका जिल्लाका प्रभावशालि नेता लगायत २५ कार्यकर्ता नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । माले जिल्ला सदस्यद्वय तिर्थराज सुवेदी र मंगल सिंह मुक्तान लगायतका कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका हुन् । नयाँ शक्ति नेपाल ३ नं प्र्रदेश सहसंयोजक सोनाम सिंह स्याडतानले नव प्रवेशीलाई सदस्यता प्रदान गरेका हुन् । नयाँ शक्ति नेपालका जिल्ला कार्यकारी सदस्य लिलाराज सुनार लगायतका नेतृत्वहरुसँगको छलफलपछि उनिहरु प्रवेश गरेका हुन् । 
नयाँ शक्ति प्रवेश पछि सुवेदीले पुरानो विचार र एजेण्डा बोकेका पार्टीहरुले देशको नेतृत्व गर्न नसक्ने प्रतिक्रिया दिदै नयाँ शक्तिको विचारले देशमा आर्थिक समृद्धि, सुशासन, सदाचारको युग आउने बताउनुभयो । सुवेदी मनहरी ७ ज्यामिरे र मुक्तान हाँडिखोला ५ निवासी हुन् ।