Wednesday, 26th August, 2026
वि.स.

माकुराले सिँगै चरा खायो, भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियोसहित)

सामाजिक सञ्जालमा अहिले एउटा अनौठो भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा एउटा ठूलो माकुराले एउटा चरालाई खाइरहेको देख्न सकिन्छ ।

भिडियोमा, माकुरो काठको बीममा बसिरहेको छ र चरालाई आफ्नो मुखमा राखेको छ । माकुरो एकदम ठूलो देखिन्छ । माकुरोले चरा खाँदै गरेको यो भिडियो सामाजिक सञ्जालमा लगातार भाइरल भइरहेको छ ।

डेली मेलको समाचारकाअनुसार, यो भिडियो सेयर गर्ने रेडडिट प्रयोगकर्ताले यस माकुरोलाई गोल्यत बर्ड इटरको रूपमा वर्णन गरेका छन्, जुन वास्तवमा सही छैन । गोल्यत बर्ड इटर विश्वकै ठूलो माकुरो हो । भिडियोमा देखाइएको माकुरो गुलाबी खुट्टाको ट्रान्कुला रहेको समाचारमा उल्लेख छ ।

उक्त भिडियो सुरुवातमा रेडडिटमा पोस्ट भएको थियो । रेडडिटमा लोकप्रिय भएसँगै उक्त भिडियो ट्विटरमा सेयर गरिएको हो । यो माकुरो दक्षिण अमेरिकामा फेला परेको बताइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif