nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

माओवादी पोलिटव्युरो सदस्य कर्णे गाउँमा 

नेकपा (माओवादी केन्द्र)मकवापुरले “नगर÷ गाउँ घर–घर जाऊ, माओवादी केन्द्र पार्टीलाई एकताबद्धताको साथ विजयी गराउँ” भन्ने अभियानको मुल नारा सहित आज हेटौडा–१८ कर्णे खोला घट्टे दमारगाउँमा गाउँभेला सम्पन्न भएको छ । 

गाउँभेला कार्यक्रम पार्टीका पोलिटव्युरो सदस्य एवम् मकवानपुर जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु)को प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । भेलाले ज्ञान बहादुर वाइवाको संयोजकत्वमा १५ सदस्यीय गाउँ सेल कमिटी निर्माण गरेको छ । जसको सदस्यहरुमा कृष्णबहादुर रुम्बा, विशाल घलान, आइतेसिं स्याङ्तान, ठुलीमाया रुम्बा, श्रीलाल पाख्रिन लगायतका रहेका छन् ।

१८ न.ं वडा संयोजक गिता प्रसाद दुलालको अध्यक्षतामा भएको कार्याक्रममा नगर इन्चार्ज प्रकाश पाण्डे, सहइन्चार्ज ललित घलान, संयोजक कमानसिं पाख्रिन (पृथक), सहसंयोजक विवेक राई, संयुक्त वडा इन्चार्ज लिलाकुमार घलान, डा. सम्राट तुम्बाहाङ्फे, लालबहादुर घलान, मनकुमार लो, चन्द्र पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो ।