Friday, 21st August, 2026
वि.स.

माओवादी थाहानगरको शिक्षक संगठनमा पुनः मनोज रायमाझीको नेतृत्व (पदाधिकारीको नामावलीसहित)

244342789_698724789463397-1633186831.jpg

नेकपा माओवादी केन्द्रनिकट शिक्षक संगठन एककिृत अखिल नेपाल शिक्षक संगठनको थाहा नगर कमिटीको अध्यक्षमा पुनः मनोज रायमाझी चयन भएका छन् । 

संगठनको १६ असोजमा सम्पन्न दोस्रो नगर परिषदबाट रायमाझीको अध्यक्षतामा २१ सदस्यीय शिक्षक संगठन नगर कमिटी गठन गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा जंगबहादुर लामा, उपाध्यक्षमा रामचन्द्र कार्की, सचिबमा निराजन गोपाली, अर्थसचिवमा बिष्णुमाया हिमडुङ र सहसचिबमा राजकुमार मोक्तानलाई चयन गरिएको छ । 

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुलामी, प्रदेश सचिवालय सदस्य विष्णु विष्ट आदर्श, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, संगठनका जिल्ला अध्यक्ष गोकुल लम्साल लगायतले मनतन्य व्यक्त गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif