nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

माओवादी केन्द्र थाहानगर अध्यक्षमा मनोज अधिकारीको उमेदवारी रहने, यस्तो छ उमेदवारीका कारण

Manoj-umedwari-1637826790.jpg

नेकपा माओवादी केन्द्रको आसन्न थाहा नगर कमिटी निर्वाचनमा मनोज अधिकारीले अध्यक्ष पदमा उमेदवारी दिने भएका छन् । थाहा टाइम्ससित कुरा गर्दै अधिकारीले माओवादी केन्द्रको अध्यक्ष पदका लागि आफ्नो दावी रहने जानकारी दिए । 

२०४८ सालबाट अखिल छैठौँको विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेको अधिकार २०५१ सालबाट संयुक्त जनमोर्चा नेपालमा सक्रिय भएका थिए । 

२०५४ सालमा जनमोर्चा नेपालको पार्टी सदस्यता लिएका उनले  त्यसयता स्व. रुपचन्द्र विष्टको जनमुखी राजनीतिबाट प्रेरित भइ राजनीतिक तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका बताए । 

२०६४ पछि नेकपा माओवादी र एकता केन्द्रबीच पार्टी एकता भएपछि अधिकारी एकीकृत पार्टीको वडा कमिटी अध्यक्ष चयन भएका थिए । २०७० सालपछि उनी पार्टीको नगर कमिटीमा रहेर काम गर्दै आएका छन् । 

पार्टीलाई नगरमा थप व्यवस्थित बनाउन र जनमुखी काममा जोड्न आफ्नो उमेदवारी रहेको अधिकारीले थाहा टाइम्सलाई बताए । 

माओवादी केन्द्रको प्रथम नगर सम्मेलन तथा कमिटी निर्वाचन यही ११ मंसिरमा जेसीज सभा हलमा हुँदैछ । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

Manoj-umedwari-1637826791.jpg
Untitled-2-1637827100.jpg